close

नयाँ वर्ष २०२५ सँगै प्रभु बैंकले ल्यायो स्वचालित काउन्टर, जुनसुकै समयमा बैंकिङ सेवा लिन सकिने

टेकपाना टेकपाना

पुस १७, २०८१ २०:१६

नयाँ वर्ष २०२५ सँगै प्रभु बैंकले ल्यायो स्वचालित काउन्टर, जुनसुकै समयमा बैंकिङ सेवा लिन सकिने

काठमाडौं । प्रभु बैंकले ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउन्टर सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न र ग्राहकलाई थप सहजता प्रदान गर्न बैंकले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारी बुधबारदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो । 

यस काउन्टरमार्फत ग्राहकले विद्युतीय कारोबारको सेवा पाउन गर्न सक्ने बताइएको छ । विशेषगरी काउन्टरमा नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न (टु रिसाइकल क्याश), चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेसिनबाट नगद जम्मा तथा निकाल्न सक्नेछन् ।

यसबाट जुनसुकै समयमा बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । यो प्रविधि बैंकको मुख्य कार्यालय बबरमहलमा सुरु भएको छ । बैंकले निकट भविष्यमा अन्य स्थानमा सेवा विस्तार गर्ने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८१ २०:२१