close

इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिको लाइसेन्स खारेज

टेकपाना टेकपाना

पुस १८, २०८१ १७:५१

इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । हालै एक सूचना जारी गर्दै प्राधिकरणले तनहुँ व्यास-३ मा रहेको यस कम्पनीको अनुमतिपत्र खारेज गरेको हो ।

प्राधिकरणले २०७६ मंसिर १९ गते यो कम्पनीलाई  इन्टरनेट (ईमेल सहित) सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । तर, तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन नआएपछि २०८१ मंसिर १९ देखि अनुमतिपत्र स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ ।

साथै, कम्पनीले तिर्नुपर्ने रकम भुक्तानीका लागि एक महिनाभित्र प्राधिकरणमा सम्पर्क नगरे कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १८, २०८१ १८:०