close

फोनपे बिजनेस एपबाट अब तुरुन्तै आफ्नो खातामा रकम ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

पुस २३, २०८१ १२:१०

फोनपे बिजनेस एपबाट अब तुरुन्तै आफ्नो खातामा रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म फोनेपेले मर्चेन्ट तथा व्यावसायिक व्यक्तिहरूलाई लक्षित गर्दै ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधा अन्तर्गत व्यापारीहरूले कुनै पनि समयमा आफूलाई आवश्यक रकम तुरुन्तै बैंक खातामा स्थानान्तरण गर्नसक्ने फोनपेले जनाएको छ । 

कम्पनीका अनुसार कुनै पनि प्रकारको अतिरिक्त शुल्क बिना यो सेवा लिन सकिन्छ । यसले नगद प्रवाहलाई तत्काल र अनुकूल बनाउँदै व्यापारिक निर्णयहरूलाई छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ । 

व्यापारीहरूले यो सुविधा प्रयोग गरी आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न सक्ने कम्पनीको भनाइ छ । 

यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ । यसका लागि एपमा रहेको आफ्नो रजिस्टर्ड खातामा लगइन गरी प्रोफाइल लोगोमा ट्याप गरेर 'सेटलमेन्ट सेटिङ्स'मा पुग्नुपर्छ । त्यहाँ उपलब्ध 'रिक्वेस्ट विदड्रअल' विकल्पमार्फत यो सुविधा एक्टिभेट गर्न सकिन्छ । एकपटक इनेबल गरेपछि आवश्यकता परेको जुनसुकै समयमा नगद तुरुन्त बैंक खातामा स्थानान्तरण गर्न सकिनेछ ।




 

पछिल्लो अध्यावधिक: पुस २३, २०८१ १२:१०