काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा जेइको जे सिक्स पर्फमेन्स गरेको छ । कम्पनीले शनिबार ‘जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ– एक्स्पिरियन्स द थ्रिल अफ एडभेन्चर’ अन्तर्गत गाडीको पर्फमेन्स प्रदर्शन गरेको हो ।
कम्पनीले यसलाई नेपालकै पहिलो विद्युतीय अफ-रोड एसयूभीका रूपमा परिभाषित गरेको छ । कार्यक्रमका सहभागीले विद्युतीय सवारी साधनप्रतिको आफ्नो उत्साहलाई ट्र्याकमा प्रदर्शन गर्दै जेइको जेसिक्सको पर्फमेन्सको प्रत्यक्ष अनुभव गरे ।
विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याकमा उकालो, ओरालो, हिलो र चट्टानी भूभागहरू जस्ता चुनौतीहरूको सामना गर्दै यस विद्युतीय गाडीले अप्ठ्यारो भूभाग सजिलै पार गरेको कम्पनीले जनाएको छ ।
ट्र्याकको डिजाइनले वास्तविक अफ-रोड यात्राको अनुभव दिने गरी विभिन्न अवरोध समेटिएको थियो । कार्यक्रममा अफ-रोड पारखीको उपस्थिति थियो । सहभागीले जेइको जेसिक्सको उत्कृष्ट अफ-रोड क्षमताको प्रशंसा गरेको कम्पनीले जनाएको छ । साथमा नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता रमाइला गतिविधि सञ्चालन गरिएको थियो ।
जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) आधुनिक प्रविधि र विशेष फिचरले सचिएको छ । यस गाडीमा डुअल मोटर, ६९.६६ किलोवाट आवरको ब्याट्री र ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज रहेको छ ।
साथै मसाज सिट, हिटेड र भेन्टिलेटेड सिट, बुम बक्स बेस स्पिकर्स र नौ ओटा ड्राइभिङ मोडले यसलाई आरामदायी र प्रभावशाली बनाएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र विशेष टायर डिजाइनले अफ-रोड ड्राइभिङलाई अझ सहज बनाएको कम्पनीको भनाइ छ ।