काठमाडौं । गुगलले मोबाइल डिभाइसका लागि तयार पारेको भर्चुअल किबोर्ड ‘जिबोर्ड’ (गुगल किबोर्ड) मा ‘अनडु’ बटनको सुविधा सुरु भएको छ । तपाईँले लेखेर डिलिट गरिसकेको टेक्सहरूलाई पुन: फिर्ता ल्याउने काम अन डु बटनले गर्नेछ ।
‘अनडु’ बटन एउटा नयाँ सर्टकटको रूपमा प्रस्तुत गरिएको छ । यसलाई प्रयोगकर्ताले सजिलोका लागि भर्चुअल किबोर्डभन्दा माथिल्लो भागमा ड्र्याग गरेर राख्न सक्छन् ।
यो बटन प्रयोग गरेर पछिल्लो टाइपिङका क्रमश: अक्षरहरू ‘अनडु’ गर्न सकिन्छ । प्रयोगकर्ताले चाहे अनुसार एउटा शब्द वा पूरा वाक्यलाई पुन:स्थापित गर्नसक्नेछन् । यससँगै, ‘अनडु’ बटनसँगै ‘रिडु’ बटनको पनि प्रयोग गर्न सकिन्छ ।
यदि कुनै एप प्रयोग गर्ने क्रममा किबोर्ड बन्द गरेर फेरि खोलियो भने पनि टेक्स्टलाई ‘अनडु’ गर्न सकिन्छ । तर, एपलाई पूर्ण रूपमा बन्द गरेपछि किबोर्ड पुन: रिसेट हुने भएकाले ‘अनडु’ सुविधा उपलब्ध हुनेछैन ।
हाल यो फिचर एन्ड्रोइडको बेटा १४.९.०६.x संस्करणमा मात्र उपलब्ध छ ।