काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आगलागीबाट प्रभावित अमेरिकाको लज एन्जलसको क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल एक्स मार्फत मस्कले निःशुल्क स्याटलाइट इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका हुन् ।
मस्कको निर्देशनपछि शुक्रबार बिहानदेखि आगलागीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट सेवा उपलब्ध भइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
“टेलिभिजन क्रूहरूले लस एन्जलसमा लागेको डढेलोको प्रत्यक्ष प्रसारण गर्न स्पेसएक्सको स्टारलिङ्क प्रयोग गर्दैछन्,” पत्रकार स्वेर मेरिटले लेखेका छन्, “हामीलाई तपाईंले अहिले देख्न सक्नुको एकमात्र कारण स्टारलिङ्क हो । यो पूरै क्षेत्रमा कुनै पनि मोबाइल सिग्नल छैन ।”
NEWS: TV crews are using SpaceX's @Starlink to broadcast their live fire coverage in LA.
"The only reason you're able to see us right now is because of Starlink. There's absolutely no cell service at all in this whole area." pic.twitter.com/7EXT0IQ5HG
सोही पोस्टलाई रिपोस्ट गर्दै मस्कले शुक्रबार बिहान लस एन्जलसका प्रभावित क्षेत्रमा निःशुल्क स्टारलिङ्क टर्मिनल उपलब्ध गराउने जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म डढेलोमा परि पाँच जनाले ज्यान गुमाइसकेका छन् भने १० हजार बढी मानिसहरू विस्थापित भएका छन् । डढेलो तीव्र गतिमा फैलिरहेकाले दमकलकर्मीलाई पनि आगो निभाउन सकस परेको छ । डढेलोमा परी हालसम्म १५०० भन्दा बढी भवनहरू जलेका छन् । ग्राउम्यानको चाइनिज थिएटर र वाक अफ फेम जस्ता ऐतिहासिक स्थल भएको हलिउड हिल्स क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ ।
मस्कको यस पहलले सङ्कटको समयमा स्थानीय बासिन्दा र आपतकालीन उद्धारकर्मीलाई भरपर्दो इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने बताइएको छ । क्यालिफोर्नियाको डढेलोको प्रत्यक्ष प्रसारण गर्नका लागि सञ्चार माध्यमले स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट प्रयोग गरेको देखिएपछि मस्कले आपतकालीन अवस्थामा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
SpaceX will provide free Starlink terminals to affected areas in LA tomorrow morning https://t.co/hm4k3hAmq2