काठमाडौं । नेपाली लाइफस्टाइल ब्रान्ड ‘भाइब्स’ ले बजारमा आफ्नो यात्रा सुरु गरेको छ । स्टाइलिस, भरपर्दो र किफायती उत्पादनको वाचा गर्दै भाइब्सले बुधबारदेखि ईकमर्स प्लेटफर्म दराजमा दुई नयाँ वायरलेस इयरबड्स- भाइब्स बेस बड्स ३११ र भाइब्स बेस बड्स ५११ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार भाइब्स बेस बड्स ३११ उत्कृष्ट ध्वनि, लामो समय टिक्न सक्ने ब्याट्री र आकर्षक डिजाइनमा उपलब्ध भएको छ । त्यस्तै भाइब्स बेस बड्स ५११ इन्भाइरोन्मेन्टल नोइज क्यान्सिलेसन (ईएनसी) सहित प्रिमियम सुविधाहरूका साथ प्रस्तुत गरिएको छ ।
यी इयरबड्स मिडनाइट ब्ल्याक, आइरिस ह्वाइट, फ्रस्ट ब्लु र जेट ब्ल्याक चार आकर्षक रंगमा उपलब्ध छन् । साथै, ६ महिनाको वारेन्टी प्रदान गरिएको छ ।
नेपाली उपभोक्ताको आवश्यकता र बजेटलाई ध्यानमा राख्दै गुणस्तरीय इयरबड्स ल्याएको कम्पनीको दाबी छ ।
भाइब्स बेस बड्स ३११ र ५११ दुवैको अधिकतम खुद्रा मूल्य (एमआरपी) रु. १,५९९ रहेको छ । लन्च अफरअन्तर्गत यी इयरबड्स रु. १,२९९ मा उपलब्ध हुनेछन् । त्यस्तै प्रत्येक खरिदमा रु. ३०० को दराज भाउचर पनि प्राप्त गर्न सकिन्छ ।
कम्पनीका अनुसार भाइब्स इयरबड्समा यी विशेषता छन्:
१३ मिलिमिटर हाइब्रिड ड्राइभर: शक्तिशाली बेस र क्रिस्टल क्लियर अडिओ ।
ब्लुटुथ ५.४ प्रविधि: १० मिटरको स्थिर र झर्कोलाग्दो नहुन दिने अडिओ कनेक्सन।
ईएनसी: चर्को आवाजलाई बन्द गर्दै महत्त्वपूर्ण फोनकल वा प्ले लिस्टमा ध्यान केन्द्रित गर्न सकिने ।
डुअल माइक सेटअप: फोनकल वा भर्चुअल मिटिङ्समा स्पष्टता ।
स्मार्ट टच कन्ट्रोल: ट्र्याक परिवर्तन, भोल्युम समायोजन र फोनकल सजिलैसँग व्यवस्थापन गर्न सकिने ।
लामो टिकाउ ब्याट्री लाइफ: बेस बड्स ३११ मा २० घण्टा र बेस बड्स ५११ मा २२ घण्टाको प्ले टाइम।
युनिभर्सल कम्प्याटिबिलिटी: एन्ड्रोइड, आइओएस वा विन्डोज सबैसँग सहज रूपमा कनेक्ट गर्न सकिने ।