close

घरमा स्काईवर्थको सामान भित्र्याउँदा रवि अर्यालले जिते साढे १८ लाख मूल्य पर्ने एमजी कोमेट ईभी

टेकपाना टेकपाना

माघ ३, २०८१ ११:४५

घरमा स्काईवर्थको सामान भित्र्याउँदा रवि अर्यालले जिते साढे १८ लाख मूल्य पर्ने एमजी कोमेट ईभी

काठमाडौं । स्मार्ट एप्लायन्सेस प्रालिले आयोजना गरेको ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा भएको छ । यसअन्तर्गत काठमाडौंका रवि अर्यालले एमजी कोमेट ईभी कार जितेका छन् ।

बुधबार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित कार्यक्रममा अर्याललाई कारको साँचो हस्तान्तरण गरियो । साथै, उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनीले व्यहोर्ने जनाएको छ ।

अर्यालले एमजी कोमेट पेस भेरियन्ट जितेका हुन्, जसको बजार मूल्य १८ लाख ४९ हजार रुपैयाँ रहेको छ । यसमा ३१.२६ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र १७.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । त्यस्तै गाडीको अधिकतम पावर ४२ हर्सपावर र ११० न्यूटन मिटर टर्क रहेको छ ।

सिंगल चार्जमा २३० किलोमिटरसम्म रेन्ज दिने कारमा १०.२५ इन्चको हेड युनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील लगायतका सुविधा छन् ।

गत असोज १ देखि कात्तिक ३० सम्म सञ्चालित  ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनमा बम्पर पुरस्कारका अतिरिक्त साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ उपहार प्रदान गरिएको छ भने ४० प्रतिशतसम्म छुटसहित प्रिमियम होम एप्लायन्सहरू उपलब्ध गराइएको थियो ।



 

पछिल्लो अध्यावधिक: माघ ३, २०८१ ११:४५