close

पहिलो एपिसोड नै विवादित भएपछि कार्टुन्ज क्रुले युट्युबबाट हटायो ‘द लास्ट ट्रिप’ वेब सिरिज

टेकपाना टेकपाना

माघ ३, २०८१ १७:५९

पहिलो एपिसोड नै विवादित भएपछि कार्टुन्ज क्रुले युट्युबबाट हटायो ‘द लास्ट ट्रिप’ वेब सिरिज

काठमाडौं । ‘द कार्टुन्ज क्रु’ ले निर्माण गरेको वेब सिरिज ‘द लास्ट ट्रिप’ (अन्तिम यात्रा) युट्युबबाट हटाइएको छ । शनिबार कार्टुन्ज क्रुको​ युट्युब च्यानलमा स्ट्रिमिङ गरिएको पहिलो एपिसोडमा समावेश केही दृश्य र संवादलाई लिएर विवाद उत्पन्न भएपछि भिडिओ हटाइएको हो ।

सिरिजका लेखक/निर्देशक/कलाकार सरोज अधिकारीले बुधबार भिडिओ सन्देश जारी गर्दै यसबारे जानकारी दिएका छन् । उनले छायाङ्कन गरिएको लोकेसनसँग सम्बन्धित विवादका कारण सिरिज हटाइएको र असुविधा पर्न गएका व्यक्तिसँग माफी मागेका छन् ।

काठमाडौंको एक कलेजमा छायाङ्कन गरिएको सिरिजका केही दृश्य र संवादप्रति कलेजले नै विरोध जनाएको थियो । विवादित दृश्य र संवाद हटाएपछि केही दिनमा सिरिज पुनः प्रदर्शनमा ल्याउने अधिकारीले बताएका छन् ।

‘द लास्ट ट्रिप’ लाई नेपालकै पहिलो जम्बी वेब सिरिज भनेर दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८१ १८:१०