close

दीपल एस०७ एल नेपाली बजारमा, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

माघ ४, २०८१ १८:१०

दीपल एस०७ एल नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा दीपल एस०७ को अपग्रेडेड भर्सन सार्वजनिक भएको छ । दीपल ईभीको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू वृद्धिले शुक्रबार एक कार्यक्रम गर्दै ‘एस०७ एल’ सार्वजनिक गरेको हो ।

यो गाडी फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिसहित उपलब्ध भएको छ । यसमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिङ्गल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ । डीसी चार्जरबाट ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । 

गाडीको अधिकतम स्पिड १८० किलोमिटर प्रति घण्टा रहेको छ । यसले ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ ।

क्याबिनमा क्वालकम स्न्यापड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन राखिएको छ, जसले इन्फोटेन्मेन्ट र भेहिकल कन्ट्रोललाई सहज बनाउनेछ ।

यसबाहेक ‘एस०७ एल’ मा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एसाय २.५  जस्ता फिचर छन् ।

सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्ल्यान्ड स्पट मनिटरिङ, ट्रान्सप्यारेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा दिइएको छ ।

यो गाडीको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा लन्च अफर स्वरूप १५ दिनका लागि ८१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: माघ ४, २०८१ १८:२१