close

आइएमई गरेको रकम आईएमई पेमा रिसिभ गर्दा ५०० सम्मको बोनस पाइने

टेकपाना टेकपाना

माघ ९, २०८१ १७:१

आइएमई गरेको रकम आईएमई पेमा रिसिभ गर्दा ५०० सम्मको बोनस पाइने

काठमाडौं । विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस पाइने भएको छ । डिजिटल वालेट एपले विश्वको जुनसुकै देशमा रहेर कमाएको पैसा नेपालमा प्राप्त गर्दा आकर्षक बोनस दिने भएको हो ।  

आइएमई पेमा रकम प्राप्त गर्दा दश हजारसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाखसम्ममा क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । 

कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत बृद्धि हुने कम्पनीले जनाएको छ ।

आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सक्ने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १७:१