close

इसेवा १७ औँ वर्षमा, मर्चेन्टलाई जस्तै प्रयोगकर्तालाई पनि ऋण दिने घोषणा (एड्भटोरियल)

टेकपाना टेकपाना

माघ ११, २०८१ १८:२९

इसेवा १७ औँ वर्षमा, मर्चेन्टलाई जस्तै प्रयोगकर्तालाई पनि ऋण दिने घोषणा (एड्भटोरियल)

काठमाडौं । कुनै बेला नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना आफैँमा एउटा सपना थियो । सन् २००९ मा बेटा भर्सन ल्याएपछि हामी सपना साकार हुने दिनको प्रतीक्षामा पुग्यौँ । आखिर त्यो दिन आयो– २५ जनवरी २०१० मा । यस दिन हामीले नगद बाहेक पनि आर्थिक कारोबार गर्न सक्छौँ भन्ने प्रमाणित गर्‍यौँ । नेपाली समाजमा डिजिटल वालेटको अवधारणा अनुसार काम गरेको यो १६ वर्षमा इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ । हामीलाई सुनाउँदा गौरव लाग्छ– इसेवा लिमिटेडले आफ्नो १६ वर्षको यात्रा ।

सबैको स्मृतिमा रहेकै कुरा हो– नेपालमा डेढ दशक अघिसम्म पनि आपसी लेनदेनमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो । बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षा चुनौतीले गर्दा नगद कारोबार जोखिम युक्त थियो । आम जनता हैरानी खप्न बाध्य थिए । जुन यस्तो समय थियो जति बेला नेपाल जस्तो विकासशील देशमा नगद कारोबारको कुनै अरू विकल्प हुन सक्छ भन्ने कसैले सोचेकै थिएन । नेपाली समाजमा व्यापार, व्यवसाय र वित्तीय सेवाको माध्यम परम्परागत थियो । त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’ को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो । भौगोलिक विविधताका कारण केही दुर्गम क्षेत्रहरूमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँहरूमा बढ्दो चोरी तथा लुटपाटको डर जस्ता कारणले गर्दा नगद कारोबारमा पनि असहजता थियो ।

वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यास लाग्दो थियो । तर, इसेवाका संस्थापकहरूले यही समस्या भित्र अवसर देखे । चुनौतीसँग लड्दै नेपालको वित्तीय व्यवहारलाई डिजिटल युक्त बनाउन सक्छौँ भन्ने उनीहरूमा दृढ विश्वास थियो । परिणाम स्वरूप इसेवाले नेपालमा सफलतापूर्वक डिजिटल वालेटको जग बसाल्यो । नेपालमा डिजिटल युगको सुरुवात पनि गर्‍यो । नेपालको नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्यो । ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकासमा अतुलनीय योगदान पुर्‍यायो र पुर्‍याइरहेकै छ ।

आम जनताको विश्वास जित्नु र परम्परागत सोच परिवर्तन गर्नु चानचुने कुरा थिएन । नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा जनता माझ पस्कनु हेर्दा सानो तर त्यस समयमा साहसिक कदम थियो । हाल नेपाली समाजमा डिजिटल भुक्तानी गर्नु भनेको साधारण कुरा भइसकेको छ । यो सहजता एउटा अठोट, सङ्घर्ष र समर्पणले जन्मिएको हो । डिजिटल नेपालको दूरदृष्टिले देशलाई नयाँ युगतर्फ डोर्‍याएको छ, जहाँ प्रविधिको प्रयोगले विकास, समृद्धि र सम्भावनाको त्रिवेणी बगेको छ । अहिले हाम्रो हिमाल, पहाड र तराईसम्मका ७५३ स्थानीय तह सम्पूर्ण क्षेत्रमा इसेवाले प्रदान गरेको सेवाले आर्थिक कारोबार सहज बनाएको छ । निश्चित छ– विस्तारै नगद व्यवहार एकादेशको कथा बन्ने छ ।

एक पटक फेरि पछाडि फर्कनु पर्ने हुन्छ । सन् २००९ मा बेटा भर्जनबाट सुरु गरेको इसेवा डेस्कटप कम्प्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो । सुरुमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स रिचार्ज सिस्टममा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स पिन उपलब्ध गराउन थालेको हो । सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौँ कर्मचारी राख्नु परेको थियो । तर, अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको इसेवा सन् २०१२ सम्म एफवन सफ्टको एउटा प्रोडक्ट थियो । तर, सन् २०१२ देखि भने इसेवा छुट्‌टै कम्पनीको रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यसै वर्ष इसेवाले एजेन्ट नेटवर्क पनि सुरु गर्‍यो । इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्सको टिकट इसेवा मार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ सेवाग्राही इसेवामार्फत आफूले रोजेको एयरलाइन्सको टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।

नेपालको डिजिटल रूपान्तरणको लक्ष्य लिएको इसेवाले सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ समेत प्राप्त गर्‍यो । यो हाम्रा लागि हौसलाको प्रस्थान विन्दु थियो । सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा इजाजत पत्र प्राप्त इसेवाको औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गर्‍यो । त्यो लकडाउनको समय थियो । इसेवाका लाखौँ प्रयोगकर्ताले अनलाइन भुक्तानी र इ–ट्रान्जेक्सनलाई अङ्गीकार गर्न थालिसकेका थिए । नगदको साटो मोबाइल फोन मार्फत भुक्तानी गर्न सहज भइसकेको थियो । उक्त महामारीमा डिजिटल वालेटको प्रयोगले नगद कारोबारबाट बढ्न सक्ने कोभिड–१९ सङ्क्रमणको रोकथाममा समेत धेरै हदसम्म मद्दत पुगेको थियो ।

इसेवाले नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । यसले वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्दै लाखौँ सर्वसाधारणलाई डिजिटल वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्दै आएको छ । साथै, यसले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउँदै आएको छ । यसले सरकारी तथा स्वास्थ्य सेवाहरूका साथै दैनिक उपभोग्य भुक्तानीलाई समेत सहज बनाएर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ ।

इसेवाको सफलताको मुख्य आधार भनेको नै नयाँ प्रविधि तथा सेवाहरूको विस्तार र जनताले यो सेवाप्रति देखाएको विश्वास हो । नगद रहित नेपालको परिकल्पनाका साथ इसेवाको सुरुवात भएता पनि यसले समयसँगै अन्य सुविधाहरू थप गर्दै जनजीवनलाई सहज बनाउनुका साथै आर्थिक समावेशीकरणमा टेवा पुर्‍याएको छ । विगतमा दुर्गम क्षेत्रमा बसेर शेयरमा लगानी गर्ने, बीमा खरिद गर्ने जस्ता कार्य चुनौतीपूर्ण थिए । तर, अहिले इसेवा उपयोगले यी कार्य सरल भएका छन् । मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटेल बुकिङ, शेयर तथा डी-म्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, बीमा लगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजिलोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।

इसेवाले आफ्ना सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सहज जीवनशैली प्रदान गर्नुका साथै नेपालको जलवायुमा समेत उल्लेखनीय योगदान पुर्‍याएको छ । हामीले दैनिक रूपमा नगद कारोबार गर्दा ठुलो मात्रामा कागजको प्रयोग हुने गर्दछ । तर, अनलाइन भुक्तानी मार्फत इसेवाले अहिलेसम्म लगभग तीन लाख ७२ हजार ३४० किलो कागज बचाएको छ । कुल ७,८०९,६९८.७२६ किलो सीओटु कार्बन घटाउन मद्दत गरेको छ । नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युत् प्राधिकरणको बिल भुक्तानी इसेवामार्फत गर्दै आएका छन्, जसले उपभोक्ताको समयको बचतका साथै १० लाख ओटा रसिद छपाइमा प्रयोग हुने कागज, मसी र इन्धनको समेत बचत भएको छ । यो आफैँमा आश्चर्य लाग्दो परिवर्तन हो ।

कस्तो छ, आजको इसेवा ?

चार जना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सफल भएको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले अहिले दुई हजारभन्दा बढी सेवाहरूको सुविधा दिँदै आएको छ । त्यति मात्र नभइ नेपालमै पहिलो पटक सेवाग्राहीद्वारा निर्देशन अनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबट ईभीएका साथै एजेन्टहरूलाई प्रवाह गरेको इजिलोन सेवाबाट नेपालको डिजिटल भुक्तानीमा नयाँ आयामको सुरुवात भएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकमपनि पठाउन सकिन्छ । इसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन् ।

यस्तो हुनेछ, भविष्यको इसेवा

भुक्तानी प्रदायक कम्पनीका रूपमा प्रख्यात इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्ने योजना बनाउँदैछ । आगामी दिनमा भुक्तानी मात्र नभइ बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिएको छ । बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने छ । आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फण्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ– इसेवाले । अहिले मर्चेन्टहरूलाई मात्र प्रदान गर्दै आएको इजिलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत इसेवाको लक्ष्य छ । यी नयाँ सेवाले सेवाग्राहीलाई थप सुविधाजनक र सुरक्षित वित्तीय सेवाहरू प्रदान गर्ने निश्चित छ ।

डिजिटल भुक्तानीको सुरक्षामा पनि इसेवा उत्तिकै संवेदनशील र सतर्क छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी ठगी र सन्दिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागु गर्ने बाटोमा हामी छौँ । यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

इसेवालाई अझै विश्वासिलो, उपयोगी र समावेशी वित्तीय सेवा प्रदायकका रूपमा स्थापित गर्ने हाम्रो कार्य योजना हो । किनकी, बिर्सनै नसकिने कुरा के हो भने इसेवा ‘सबैका लागि सधैँ र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्तमा विश्वास गर्दछ । यसले आफ्नो सेवा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई समेट्न केन्द्रित छ, जसले नेपालको हरेक भूगोलमा आर्थिक समृद्धि ल्याउन योगदान पुर्‍याउँछ ।

आफ्ना सेवाग्राहीको आर्थिक उत्थानमा टेवा पुर्‍याउने कुरामा समेत इसेवाले कुनै कसर बाँकी राख्ने छैन । किनकी, प्रयोगकर्ताका लागि इसेवा अब केवल डिजिटल वालेट मात्र होइन, सहज जीवनशैली बाँच्न सिकाउने आर्थिक सहयात्री पनि हो । अर्थात् इसेवाको प्रयोग एउटा असल वित्तीय बानी पनि हो ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८१ १८:३८