close

देशभर सेरेस ईभीको ५ दिने एक्स्चेन्ज तथा टेस्ट ड्राइभ क्याम्प

टेकपाना टेकपाना

माघ १४, २०८१ १७:५५

देशभर सेरेस ईभीको ५ दिने एक्स्चेन्ज तथा टेस्ट ड्राइभ क्याम्प

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले 'लिमिटलेस एक्सपिरियन्स' एक्स्चेन्ज तथा टेस्ट ड्राइभ क्याम्प घोषणा गरेको छ । यो क्याम्प यही २६ जनवरीदेखि सुरु भएर ३० जनवरीसम्म चल्नेछ ।

यो देशव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ । जसमा काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँ बजारसहित चार स्थानमा र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगन्ज र विराटनगरका शोरूम रहेका छन् ।

यो पाँच दिने लामो कार्यक्रमले ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ ।

सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, उत्कृष्ट एक्स्चेन्ज भ्यालु र बोनससहित विभिन्न अफरह पनि ल्याएको छ । यो इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका हुने कम्पनीले बताएको छ ।

लोमान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय सवारी साधनको सीमालाई पुन: परिभाषित गरिसकेको दाबी कम्पनीको छ । "यो उल्लेखनीय उपलब्धिले ब्रान्डको नव प्रवर्तन, स्थायित्व र पर्फर्मेन्स प्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको छ," कम्पनीले भनेको छ, " बलियो निर्माण र आफ्नो सेग्मेन्टमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल सहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र तपाईँलाई अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् ।"

यदि तपाईँ ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेसको एक्स्चेन्ज तथा टेस्ट ड्राइभ क्याम्प एउटा राम्रो अवसर हुन सक्छ ।

 

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ १७:५५