काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ सिरिजको मूल्य २५ हजार रुपैयाँसम्मले घटाएको छ । भ्यालेन्टाइन्स डे को अवसर पारी कम्पनीले आफ्ना फ्ल्यागशिप र फोल्डेबल स्मार्टफोनमा छुट घोषणा गरेको हो ।
कम्पनीका अनुसार ग्यालेक्सी फोल्ड सिक्स, ग्यालेक्सी फ्लिप सिक्स र ग्यालेक्सी एस २४ अल्ट्राको खरिदमा २५ हजार रुपैयाँसम्मको छुट पाउन सकिनेछ । यसका साथै ग्यालेक्सी जेड फोल्ड सिक्स खरिदमा क्लियर केस र ग्यालेक्सी जेड फ्लिप सिक्सको खरिदमा सिलिकन केस निःशुल्क पाइनेछ । यस्तो केसको मूल्य नेपाली बजारमा पाँच हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कुन मोडलमा कति छुट ?
मोडल
पुरानो मूल्य (रुपैयाँ)
नयाँ मूल्य (रुपैयाँ)
उपहार
Z Fold6 - 12/512GB
२,४९,९९९
२२९,९९९
क्लियर केस (निःशुल्क)
Z Fold6 - 12/256GB
२३४,९९९
२१४,९९९
क्लियर केस (निःशुल्क)
Z Flip6 - 12/256GB
१५४,९९९
१३९,९९९
सिलिकन केस (निःशुल्क)
S24 Ultra - 12/256GB
१८४,९९९
१५९,९९९
-
सामसङले यी फोन खरिदमा इन्स्टा फाइनान्स सेवा पनि उपलब्ध गराएको छ । यस अन्तर्गत ग्राहकले आधिकारिक सामसङको स्टोरबाट शून्य प्रतिशत ब्याजदरमा ईएमआईमार्फत खरिद गर्न सक्नेछन् । ग्यालेक्सी जेड सिरिजका लागि १८ महिना र ग्यालेक्सी एस २४ अल्ट्राका लागि १२ महिनाको ईएमआई सुविधा उपलब्ध छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता देखाउनुपर्नेछ ।
सामसङले हालै मात्र विश्वबजारमा आफ्नो नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्यालेक्सी एस २५, एस २५ प्लस र एस २५ अल्ट्रा रहेका छन् । यी फोन ७ फेब्रुअरीमा विश्वभर उपलब्ध हुँदैछन् । नेपालमा पनि त्यही दिन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।