काठमाडौं । नेपाली बजारमा दीपलको नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि दीपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ‘ई-०७’ मोडेलको लक्जरी ईभी सार्वजनिक गरेको हो ।
यो गाडीमा आरामदायी यात्राका लागि आवश्यक सबै सुविधा उपलब्ध भएको बताउँदै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको ईभी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
नेपाली बजारमा यो गाडी प्लस र पर्फमेन्स एडब्लूडी भेरियन्टमा सार्वजनिक भएको छ । ५,०४५ एमएम लम्बाइ, १,९९६ एमएम चौडाइ र १,६८० एमएम उचाइको भएको गाडीमा ३,१२० एमएमको ह्विलबेस, २१ इन्चको एलोय ह्विल र एलईडी हेडलाइट्स राखिएको छ ।
यसको ग्राउन्ड क्लियरेन्स भने १८३ एमएम रहेको छ । गाडीमा इलेक्ट्रिक हिडन डोर ह्यान्डल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल साइड मिरर र रेन सेन्सर समावेश गरिएको छ ।
कम्पनीका अनुसार यसको भित्री भागमा पाँच जना अट्ने सिट छन् । यी सिटलाई आठ तरिकाले समायोजन गर्न सकिन्छ । यसमा पार्टिसन प्यानल र इलेक्ट्रिक पार्टिसन ग्लास पनि छ । यसको स्टेरिङ ह्विल ४ तरिकाले समायोजन गर्न मिल्ने कम्पनीले उल्लेख गरेको छ ।
गाडीमा अटो डिमिङ रियरभ्यू मिरर र टच टाइप क्याबिन लाइट पनि छ । प्राविधिक पक्षमा यसमा अगाडि एसिन्क्रोनस र पछाडि पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ ।
प्लस भेरियन्टमा २५२ किलोवाट (३४२ पीएस) को पावर र एडब्लूडी भेरियन्टमा ४४० किलोवाट (५९८ पीएस) को मोटर रहेको छ । प्लस भेरियन्टले ३६० न्युटनमिटर र एडब्लूडी भेरियन्टले ६४५ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । दुवै भेरियन्टमा ८९.९८ किलोवाट आवरको ब्याट्री रहेको छ ।
प्लस भेरियन्टले एक पटकको चार्जमा ६४० किलोमिटर र एडब्लूडीले ५९० किलोमिटर एनईडीसी रेन्ज दिने दाबी गरिएको छ । प्लस भेरियन्टले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड ६.७ सेकेन्डमा पकड्न सक्छ भने एडब्लूडी भेरियन्टले ३.९६ सेकेन्डमा उक्त गति पकड्न सक्ने कम्पनीले उल्लेख गरेको छ । प्लस भेरियन्टको अधिकतम गति २०१ किमी प्रतिघण्टा रहेको छ भने एडब्लूडी भेरियन्टको अधिकतम गति २१० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले १५ किलोवाटको एसी चार्जिङ र २४० किलोवाटको डीसी चार्जिङ सपोर्ट गर्दछ ।
सुरक्षाका लागि यसमा अगाडि, छेउमा एयरब्यागहरू छन् । साथै एबीएस, ईबीडी, ईएसपी र अन्य ब्रेकिङ र स्टेबिलिटी सिस्टम छन् । यसमा १८ ओटा अल्ट्रासोनिक सेन्सर, पारदर्शी चेसिसको साथ वरिपरि देखाउने क्यामेरा, र चालकको थकान निगरानी प्रणाली पनि छ । यसमा १५.४ इन्चको टचस्क्रिन डिस्प्ले, अनलाइन इन्टरटेनमेन्ट, नेभिगेसन, स्मार्टफोन कनेक्सन, ५० वाटको वायरलेस चार्जर, हेड-अप डिस्प्ले, भ्वाइस कन्ट्रोल, ओभर द एयर अपडेट, एनएफसी कार्ड की, डिजिटल की र रिमोट कन्ट्रोलजस्ता सुविधा छन् ।
ड्राइभिङ असिस्टेन्समा, अटो पार्किङ असिस्ट, रिमोट पार्किङ असिस्ट, एडप्टिभ क्रूज कन्ट्रोल, लेन किपिङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू छन् । यसको इन्टेरियरमा सिन्थेटिक छाला, २२६ रङ्गको एम्बियन्ट लाइट, यूएसबी पोर्ट, १२ भोल्ट पावर आउटलेट र २२० भोल्ट पावर आउटलेट पनि छ ।
प्लस भेरियन्टको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै एडब्लूडी भेरियन्टको एक करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।