काठमाडौं । सांग्रिला मोटर्स प्रालिको आधिकारिक वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ ।
माघ १९ गतेसम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोकमा सञ्चालन हुने क्याम्पमा ग्राहकले नयाँ विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गर्न र पुरानो गाडी साट्न पाउनुका साथै अन्य विशेष अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
क्याम्पमा लिपमोटर सी१० र सिट्रोन ईसीथ्री जस्ता आधुनिक विद्युतीय गाडीहरू उपलब्ध छन् । लिपमोटर सी१० स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शनयुक्त गाडी हो भने सिट्रोन ईसीथ्री सहरी यात्राका लागि उपयुक्त, आरामदायी र ऊर्जा बचत गर्ने गाडी हो । यी दुवै गाडीले वातावरणमैत्री यात्राको प्रवर्द्धन गर्ने कम्पनीको भनाइ छ ।
क्याम्पमा सहभागी हुने ग्राहकहरूले विशेष छुटहरू प्राप्त गर्न सक्नुका साथै सीमित अफरअन्तर्गत निःशुल्क ७ किलोवाट चार्जर पाउनेछन् ।