close

दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बन्यो सीजी, अब जेटुरका बिजुली गाडी पनि उसैले भित्र्याउने

टेकपाना टेकपाना

माघ १६, २०८१ १७:१०

दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बन्यो सीजी, अब जेटुरका बिजुली गाडी पनि उसैले भित्र्याउने

काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुप आक्रामक रूपमा ईभी ब्रान्ड भित्र्याउने रणनीतिमा लागेको छ । हालैमात्र यस ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ ।

उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ एवं निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरे । ​सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट र दायुङ ब्रान्डका ईभी नेपाल भित्र्याएको थियो ।

जेटुर भित्र्याउने निश्चित भएसँगै सीजी दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बनेको छ ।​ सीजीले नेपाली ईभी बजारमा आफ्नो प्रभाव अझ बलियो बनाउने लक्ष्य लिएको छ । समझदारीअनुसार नेपाली बजारमा जेटुरका राइट-ह्यान्ड ड्राइभ मोडेलका गाडीहरू बिक्री वितरण हुनेछन् ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८१ १७:२०