close

आज राति खल्तीको सेवा नचल्ने

टेकपाना टेकपाना

माघ १७, २०८१ १६:३८

आज राति खल्तीको सेवा नचल्ने

काठमाडौं । डिजिटल वालेट खल्तीको सेवा आज राति ९ बजेदेखि भोलि बिहान ४ बजेसम्म अवरुद्ध हुने भएको छ ।

सिस्टम अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएका कारण आफ्ना सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन लागेको कम्पनीले जनाएको छ ।

काम सकिएपछि सेवाहरू पुनः सञ्चालनमा आउने जानकारी दिँदै कम्पनीले यस असुविधाप्रति क्षमा मागेको छ ।

यस्तो अपग्रेड प्रक्रियाले लामो अवधिमा सुरक्षा र कार्यक्षमता सुधार गर्ने कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: माघ १७, २०८१ १६:३८