close

मोबाइल बैंकिङको फोनपे बिल्समार्फत बीमा प्रिमियम तिर्ने ३ जनाले १५,००० सम्मको क्याशब्याक पाउने

टेकपाना टेकपाना

माघ २१, २०८१ १५:१४

मोबाइल बैंकिङको फोनपे बिल्समार्फत बीमा प्रिमियम तिर्ने ३ जनाले १५,००० सम्मको क्याशब्याक पाउने

काठमाडौं । फोनपे बिल्सले क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरूलाई मोबाइल बैंकिङ एप मार्फत बीमा प्रिमियम तिर्न प्रोत्साहित गर्ने उद्देश्यका १००% क्याशब्याक जित्ने अवसर ल्याएको हो ।

यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा १००% क्याशब्याक (१५,००० रुपैयाँसम्म) प्राप्त गर्ने छन् । यो अभियान ३० माघ (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ ।

आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमबाट बीमा प्रिमियम तिर्ने ग्राहकहरू यो अफरमा सहभागी हुनेछन् । भुक्तानी सफल भएपछि त्यस्ता ग्राहकहरू स्वतः लक्की ड्रको लागि योग्य हुने र १००% क्याश ब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  

फोनपे बिल्स फोनपेको एक यस्तो सेवा हो, जसको माध्यमबाट ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल मोबाइल बैंकिङ एपबाटै तिर्न सक्छन् । 

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८१ १५:१४