close

ओमोडाको नेपाली वितरकलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १२:२५

ओमोडाको नेपाली वितरकलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौं । एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइ ओटा महत्त्वपूर्ण अवार्ड हात पारेको छ । कम्पनीले फोरममा ‘आउट स्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको हो । 

शारडा ग्रुपका निर्देशक गौरव शारडाले नेपाली ग्राहकहरूको असीम साथ-सहयोगबाट यो उपलब्धि सम्भव भएको बताए । “हामीले ल्याउने अत्याधुनिक ईभीहरूमा विश्वास गर्नु हुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौं,” उनले भने, “हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौं । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनर र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गरिरहेका छौं ।”

 नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई फाइभ फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । कम्पनीले डेलिभरी सुरु भएदेखि  छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई १५१ भन्दा बढी युनिट फ्युचरिस्टिक ओमोडँ ई फाइभ हस्तान्तरण गरिसकेको छ । त्यसै अवसरमा गत अप्रिलमा १५१ प्लस ओमोडा अन द स्ट्रिट कार्यक्रम पनि आयोजना गरिएको थियो । 

ओमोडा ई फाइभ गाडीले अत्याधुनिक विद्युतीय प्रविधि, स्टाइलिस डिजाइन र आधुनिक सुविधाका साथ नेपाली उपभोक्ताहरूको ध्यान खिचिरहेको छ । एसपीजी अटोमोबाइल प्रालि नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८१ १२:२५