close

ईसेवाबाट एक्स-एजका स्मार्टवाच खरिद गर्दा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १६:५६

ईसेवाबाट एक्स-एजका स्मार्टवाच खरिद गर्दा ५० प्रतिशत छुट

काठमाडौं । एक्स-एजले आफ्ना ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । कम्पनीले आफ्ना दुई स्मार्टवाचमा डिजिटल वालेट ईसेवा मार्फत खरिद गर्दा ५० प्रतिशत छुट अफर ल्याएको हो ।

यो अफर अन्तर्गत प्रयोगकर्ताले नौ हजार रुपैयाँ पर्ने एक्स-एज इन्फिनिटी स्मार्टवाच साढे चार हजार रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । यस्तै साढे आठ हजार रुपैैयाँ पर्ने एक्स-एज आर्ज स्मार्टवाच चार हजार २५० रुपैयाँमा नै खरिद गर्न सकिनेछ ।

यी दुई स्मार्टवाचमा यो छुट पाउन ईसेवा मार्फत खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर आजको लागि मात्र लागू हुनेछ । ईसेवा मार्फत आफूलाई मनपर्ने स्मार्टवाच ५० प्रतिशत छुट मूल्यमा खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १२:१२