close

एआईले तयार पारेका तस्वीरको पहिचान गर्न नयाँ टुल ल्याउँदै ओपनएआई

टेकपाना टेकपाना

बैशाख २७, २०८१ १४:४१

एआईले तयार पारेका तस्वीरको पहिचान गर्न नयाँ टुल ल्याउँदै ओपनएआई

काठमाडौं । एआईबाट तयार पारिएका तस्वीरहरूको पहिचान गर्न ओपनएआईले नयाँ टुल ल्याउने भएको छ । आफ्नो एआई इमेज जेनेरेटर ड्याल-ईबाट तयार पारिएका तस्वीरहरूको पहिचान गर्न कम्पनीले यस टुलमा काम गरिरहेको हो । 

ओपनएआईको एक ब्लगअनुसार अहिले याे इमेज डिटेक्सन टुल विकासकै क्रममा छ । एआईबाट बनाइएका कन्टेन्ट ट्र्याक गर्न र कुनै पनि तस्वीर एआईबाट बनाइएको छ भने त्यसलाई प्रमाणित गर्न याे टुल प्रयोग गरिने छ ।

यो टुलमा एआईबाट बनाइने तस्वीर पहिचान गर्न इमेज डिटेक्सन क्लासिफायर र अडिओका लागि टेम्पर रेसिस्टेन्ट वाटरमार्किङ विधि प्रयोग गरिने ओपनएआईले जनाएको छ । 

टुलमा प्रयोग हुने क्लासिफायरले ड्याल-ईबाट बनाइएका तस्वीरलाई विभिन्न तरिकाले सम्पादन गरेपनि पहिचान गर्नसक्ने बताइएको छ । तर अन्य एआई टुलबाट बनाइएका तस्वीरको पहिचान गर्न भने यो टुल खासै क्षमतावान् नहुने ओपनएआईको भनाइ छ । 


 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८१ १४:४१