close

थ्रोअवे ईमेल एड्रेस के हो, अनि यो तपाईँलाई किन चाहिन्छ ?

टेकपाना टेकपाना

बैशाख २८, २०८१ ९:४४

थ्रोअवे ईमेल एड्रेस के हो, अनि यो तपाईँलाई किन चाहिन्छ ?

काठमाडौं । असुरक्षित वेबसाइटमा लगइन गर्न या गोपनीयता सुरक्षाको विषयलाई सम्बोधन गर्न तपाईंका लागि उपयुक्त हन सक्छ, थ्रोअवे ईमेल अकाउन्ट । किनकी यस प्रकारको ईमेलले तपाईँलाई स्पाम ईमेलबाट बचाउनुका साथै डेटा सुरक्षामा पनि सहयोग गर्छ ।

यसलाई टेम्पोररी ईमेल, .ट्र्यास ईमेल, वन टाइम ईमेल, एनोनिमस ईमेल, जोम्बी ईमेल, युज एन्ड थ्रो ईमेल लगायत थुप्रै नामले चिनिन्छ । तर ती सबैको काम केही समयलाई अस्तिस्वमा रहनु हो । जब तिनको समय सकिन्छ, ती स्वत: निष्क्रिय हुन्छन् ।

के हो थ्रोअवे ईमेल ?

जब तपाईं कुनै पनि वेबसाइटमा अकाउन्ट बनाउन चाहनुहुन्छ, तब अधिकांशले तपाईंलाई ईमेल एड्रेस माग गर्छन् । चाहे त्यो साइट प्रयोग गर्न आवश्यक होस् या अन्य कामका लागि । त्यसपछि ती साइटले तपाईंलाई दैनिक वा साप्ताहिक रूपमा रूईमेल पठाउन थाल्छन्, जसमा उनीहरुको समाचार, सेल्स अफर, नोटिफिकेसन र अन्य विभिन्न सामग्री हुन्छन् । जुन तपाईंका लागि महत्त्वको विषय नहुन सक्छ ।

यति मात्र होइन, त्यस्ता वेबसाइटले तपाईंको ईमेल एड्रेस अन्य एड कम्पनीलाई बिक्री गर्न पनि सक्छन् । आफ्नै डेटा पनि लिक गराउन सक्छ, जसले गर्दा तपाईं स्पामको अधिक जोखिममा पर्न सक्नुहुन्छ । यस किसिमको स्पामबाट बचाउन अस्थायी प्रयोगका लागि बनाइने फेक ईमेल अकाउन्ट नै थ्रोअवे ईमेल अकाउन्ट हो । यस्ता अकाउन्टसँग तपाईंको कुनै वास्तविक सम्बन्ध हुँदैन ।

थ्रोअवेका फाइदा

यस प्रकारका थ्रोअवे ईमेल अकाउन्ट नि:शुल्क बनाउन सकिन्छ । त्यही माथि यी क्षणिकका लागि हुने भएकाले तपाईंले यिनको व्यवस्थापन गर्नेबारे पनि चिन्ता गरिरहनु पर्दैन । यसो हुँदा यिनलाई तपाईंले सफ्टवेयर तथा फाइल डाउनलोड गर्न, अनलाइनमार्फत सामान खरिद गर्न, अस्थायी सञ्चार गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसका प्रमुख फाइदाबारे तल चर्चा गरिएको छ: 

-गोपनीयता सुरक्षा बढाउन

डिस्पोजेबल ईमेल ठेगानाहरूले तपाईंको वास्तविक ईमेल र अनलाइन इकोसिस्टमबीच बफरको रूपमा काम गर्छ । यसो गर्दा तपाईंको वास्तविक ईमेल ठेगाना अरु तेस्रो पक्षले हेर्न सक्दैनन् । 

-स्पाम वा जङ्क मेल कम गर्न 

तपाईंले विभिन्न वेबसाइटमा अकाउन्ट खोल्न साथै तिनबाट विभिन्न मेलहरू पाउन थाल्नुहुन्छ । तीमध्ये कतिपय स्पाम मेल पनि हुन सक्छन् । अथवा ती धेरै मात्रामा आएर तपाईंलाई दिक्क पनि बनाइरहेका हुन सक्छन् । यसबाट बच्न तपाईंले लगइन गर्दा यस प्रकारका मेल प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई मेलबाट आउन सक्ने फिशिङ जस्ता साइबर आक्रमणबाट पनि बचाउँछ । 

-अनलाइन सेवा परीक्षण गर्न 

कतिपय वेबसाइटमा भएका विभिन्न फिचर प्रयोग गर्न अकाउन्ट बनाउनु पर्ने बाध्यता हुन्छ । अकाउन्ट बनाइसक्नु भएपछि तपाईंलाई ती फिचर मन नपर्न सक्छन् । त्यस्तोमा तपाईले यस प्रकारका ईमेल प्रयोग गर्न सक्नुहुन्छ । 

थ्रोअवेका बेफाइदा

थ्रोअवे ईमेलका बेफाइदा पनि छन् । यसका बेफाइदा अथवा भनौं यो चलाउँदा सतर्क हुनु पर्ने कुराहरू छन् । तीबारे तल चर्चा गरिएको छ: 

-स्थायी रेकर्ड नहुनु 

यस प्रकारका ईमेल अस्थायी हुन्छन् । यसकारण यिनले कुनै पनि सूचनालाई लामो समय भण्डारण गरेर राख्दैन । जब यिनको समय सकिन्छ, यहाँ भएका सबै सूचना पनि स्वत: हराएर जान्छन् । 

-रिकभरीको विकल्प नहुनु 

यस प्रकारका ईमेल अकाउन्टको तपाईंले पासवर्ड बिर्सिए रिकभरीको विकल्प हुँदैन ।  किनकी यी केही समयका लागि मात्र सक्रिय हुन्छन् ।

-प्रयोग सीमित हुनु 

अकाउन्ट रिकभरी गर्न अथवा महत्त्वपूर्ण सूचना भण्डारण गर्न स्थायी ईमेल ठेगाना नै आवश्यक पर्छन् । यस्तोमा तपाईंले थ्रोअवे ईमेल ठेगाना प्रयोग गर्नु हुँदैन । यसमाथि यस प्रकारका ईमेल ठेगाना सबै ठाउँमा प्रयोग हुँदैनन् । अझ कतिपय वेबसाइटले त यस प्रकारको ईमेल ठेगानालाई ब्लक नै गर्ने छन् । 

यस प्रकारका ईमेल ठेगाना प्रयोग गर्दा भुल्नै नहुने कुरा यिनीहरूको आयू हो । सामान्य ईमेल ठेगाना प्रयोग गरिरहनु भएको छ भने तपाईंले झुक्किएर बिर्सन सक्नुहुन्छ । त्यस्तै यी सुरक्षित हुने भनेता पनि यस प्रकार ईमेल ठेगाना उपलब्ध गराउने सेवा प्रदायकले सुरक्षामा ख्याल दिएका हुँदैनन् । यसकारण यस्ता धेरै ईमेल ठेगानामा इन्क्रिप्सन लागु गरिएको हुँदैन । त्यस्तै सबै थ्रोअवे ईमेल ठेगानामा मेल पठाउने र पाउने सुविधा पनि हुँदैन । 

थ्रोअवे ईमेल एड्रेस कसरी बनाउने ?

थ्रोअवे ईमेल अकाउन्ट पनि दुई किसिमका हुन्छन् । तपाईंले आफ्नो स्थायी अकाउन्ट जिमेल वा आउटलुकबाट स्थायी थ्रोअवे ईमेल एड्रेस बनाउन सक्नुहुन्छ । अर्को भनेको डिस्पोजेबल अर्थात् फेक अस्थायी अकाउन्ट हुन्छ । यसलाई केही मिनेट वा केही घण्टाका लागि मात्र प्रयोग गरिन्छ । 

यी दुवै विकल्प तपाईंका लागि उपयोगी बन्न सक्छ । कुनै पनि वेबसाइटले पठाउने समाचार तथा कुपन आफ्नो लागि आवश्यक छ जस्तो लाग्छ भने तपाईंले त्यसलाई स्थायी अकाउन्टमा राख्न सक्नुहुन्छ । तर कुनै वेबसाइटको नोटिफिकेसन तपाईंको लागि अनावश्यक छ भने त्यसलाई हटाइदिन डिस्पोजेबल अकाउन्टमा राख्न सक्नुहुन्छ । 

-स्थायी थ्रोअवे ईमेल एड्रेस

स्थायी थ्रोअवे ईमेल एड्रेस स्थायी थ्रोअवे अकाउन्ट बनाउने काम पनि एउटा सामान्य नयाँ ईमेल बनाउन जत्तिकै सजिलो छ । यसका लागि तपाईं जिमेल, याहु जस्ता ईमेल सर्भिस प्रयोग गर्न सक्नुहुन्छ । यसमा हामीले जिमेलबाट स्थायी ईमेल अकाउन्ट बनाउने तरिकाबारे जानकारी दिने छौं:

-लगइन गरेर जिमेलको सेटिङमा जानुहोस् ।

-'अकाउन्टस् एन्ड इम्पोर्ट'मा क्लिक गर्नुहोस् । 

-'सेन्ड मेल एज'मा क्लिक गर्नुहोस् । 

-त्यहाँ आफ्नो नाम र नयाँ ईमेल ठेगाना राखेर अर्को चरणका लागि 'नेक्स्ट स्टेप'मा क्लिक गर्नुहोस्। 

-प्राइमरी मेलबाट त्यस मेललाई भेरिफाई गर्नुहोस् । 

यसरी तपाईंले भइराखेको जिमेल अकाउन्टबाटै डिस्पोजल अकाउन्ट बनाउन सक्नुहुन्छ । तर सम्झनु पर्ने कुरा उक्त अकाउन्ट पनि मुख्य अकाउन्टसँग जोडिएको भने हुन्छ । यदि यसो गर्न चाहनुहुन्न भने तपाईंले फेक आईडी सरह प्रयोग गर्ने गरी नयाँ जिमेल अकाउन्ट बनाउन सक्नुहुन्छ ।

अस्थायी थ्रोअवे ईमेल एड्रेस

वेब जगतमा कति यस्ता सेवा प्रदायक छन् जसले ‘युज एण्ड थ्रो’ स्टाइलमा ईमेल अकाउन्ट बनाइदिन सक्छन् । यसबाट तपाईंले छिटो भेरिफिकेसन पाएर ईमेल प्रयोग गरी केही बेरमै डिलिट गरिदिन पनि सक्नुहुन्छ । प्रोटन फ्रि, इन्टरएनएक्सटी, टेन मिनेट मेल, टेम्प मेल, गुरिल्ला मेल केही नामहरू हुन् । 

आज हामी टेन मिनेट मेलबाट थ्रोअवे ईमेल अकाउन्ट बनाउने तरिकाबारे जानकारी दिने छौं:

-साइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले तत्कालै एउटा ईमेल एड्रेस पाउनुहुनेछ । त्यहाँ तपाईंले एउटा इन्बक्स र टाइमर देख्नुहुन्छ । जब टाइमर सकिन्छ, तब त्यो ईमेल अकाउन्ट र त्यसभित्रका सबै कुरा डिलिट हुन्छन् । 

-त्यहाँ जेनेरेट भएको ईमेल एड्रेसलाई कपी गर्नुहोस् र त्यसलाई आफूले चाहेको साइटमा प्रयोग गर्नुहोस् ।

-जति चाँडो उनीहरुले यसमा ईमेल पठाउँछन् तपाईं पेज रिफ्रेस गर्नुहोस् । ईमेल तपाईंको इन्बक्समा देखा पर्नेछ । यसलाई खोल्न क्लिक गर्नुहोस् ।

-एकपटक यो काम भइसकेपछि पेज क्लोज गर्नुहोस् । केही समयपछि सबै कुरा डिलिट हुन्छ र कुनै कुराले पनि तपाईंलाई पछि ट्रयाक गर्न सक्दैन । 

यदि तपाईंलाई अझै धेरै समय चाहिएको छ जस्तो लाग्छ भने ‘गिभ मी टेन मिनेट्स मोर’ मा क्लिक गर्नुहोस् । जुन बटन ईमेल एड्रेसभन्दा ठीक तल हुन्छ । तपाईंले यसरी समयलाई एक सय मिनेटसम्म बढाउन सक्नुहुन्छ । त्यस्तै तपाईले ‘गिभ मि एनोदर ईमेल एड्रेस’ मा क्लिक गरेर नयाँ अकाउन्ट  पनि बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ ९:४४