close

ब्याचलर्समा आईटी पढ्न चाहने विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन हुँदै

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १८:३४

ब्याचलर्समा आईटी पढ्न चाहने विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन हुँदै

 

काठमाडौं । साझा इन्ट्रान्सले स्नातक तहमा सूचना प्रविधि (आईटी) तथा इन्जिनियरिङ सम्बन्धी शैक्षिक कार्यक्रम पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । १२ कक्षाको परीक्षा दिएर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले तयारी कक्षा (इन्ट्रान्स प्रिपेरेसन)को भर्ना खुलाएको हो । 

कम्पनीका अनुसार विद्यार्थीले बीएससी सीएसआईटी, बीसीए, बीआईटी, बीसीएस आईटी जस्ता विषयमा तयारी गर्न सक्नेछन् । आईटी क्षेत्रकै अनुभवी प्रशिक्षकहरूबाट तयारी कक्षा दिइने कम्पनीकाे भनाइ छ । 

इच्छुक विद्यार्थीले काठमाडौंको पुतलीसडक अवस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १८:३४