close

फोनको ब्याट्री चाँडै सकिने १० कारण, जुन तपाईंले थाहा पाइराख्न जरुरी छ

टेकपाना टेकपाना

माघ १६, २०७६ १७:२४

फोनको ब्याट्री चाँडै सकिने १० कारण, जुन तपाईंले थाहा पाइराख्न जरुरी छ

मोबाइल खरिद गर्दा ध्यान दिनुपर्ने एउटा कुरा ब्याट्री पनि हो । मोबाइलको ब्याट्रीलाई असर पार्ने विभिन्न कुराहरुको बारेमा आज हामी तपाईलाई बताउँदै छौं । ब्याट्रीलाई मोबाइलका हार्डवेयर तथा सफ्टवयरहरु धेरै कुराले असर गर्छ ।

ब्याट्री साइज

ब्याट्री कति समय टिक्ने भन्ने कुरामा त्यसको साइजले पनि असर गर्छ । सबै स्मार्टफोनहरुको एउटै साइजको ब्याट्री हुँदैन । ब्याट्रीको साइजले नै तपाईको फोनमा ब्याट्री कति लामो समयसम्म रहन्छ भन्ने कुराको निर्धारण गर्छ । स्मार्टफोनको ब्याट्रीको एकाई एमएएचमा नापिन्छ । फोनमा जति धेरै एमएएचको ब्याट्री हुन्छ, त्यो त्यत्तिकै लामो समयसम्म टिक्नसक्ने हुन्छ ।

सामसङ ग्यालेक्सी नोट टेन प्लस र ह्वावे मेट थर्टी प्रो जस्ता हाई एण्ड फ्ल्यागसिप फोनमा ४५०० एमएएचका ब्याट्री छन् भने पिक्सेल फोर जस्ता फोनहरुमा २८०० एमएएच क्षमताका ब्याट्री छन् ।

डिस्प्ले

चार तरिकाबाट डिस्प्लेले फोनको ब्याट्रीलाई असर गर्छ । पहिलो डिस्प्लेको साइज, जति ठूलो डिस्प्ले भयो त्यत्ति नै धेरै ऊर्जा त्यसले खपत गर्छ । तर ठूला डिस्प्ले हुने फोनहरुको ब्याट्री पनि ठूलै बनाइएका हुन्छन् । दोस्रो भनेको स्क्रिनको रेजोलुसन हो । १४४० पिक्सेल रेजोलुसन भएका फोनमा १०८० पिक्सेल रेजोलुसनभन्दा ७७ प्रतिशत बढि पिक्सेल हुन्छन् । जसका लागि थप अतिरिक्त प्रोसेसिङ पावरको आवश्यकता पर्छ ।

स्क्रिनको चम्किलोपना अर्को एउटा कारक तत्व हो, जसले ब्याट्रीलाई असर गर्छ । चौथो कुरा भनेको स्क्रिनको डिस्प्ले रिफ्रेस रेटले पनि ब्याट्रीमा असर पारिरहेको हुन्छ । रिफ्रेस रेट हर्जमा नापिन्छ । यसले प्रत्येक सेकेण्डमा स्क्रिन कति पटक रिफ्रेस हुन्छ भन्ने कुरालाई जनाउँछ । अहिलेका केही नयाँ फोनहरुको रिफ्रेस रेट ९० देखि १२० हर्जसम्म छ । यसले तपाईको फोनमा धेरै प्रोसेसिङ पावर खपत गर्छ र ब्याट्री लाइफलाई असर गर्छ ।

कनेक्सन

डेटा, ब्लुटुथ, फोन सिग्नल, वाईफाइ, लोकेसन सर्भिस जस्ता विभिन्न सेवामा फोन कनेक्सन हुँदा पनि यसले ब्याट्रीलाई धेरै असर पार्ने गर्छ । जब तपाईले यी कनेक्सनलाई इनेबल गर्नुहुन्छ, त्यसलाई प्रयोग नगरेपनि तपाईको ब्याट्री लाइफ सकिदैँ जान थाल्छ । हार्डवेयर र सफ्टवेयर अप्टिमाइजेसन्सले कनेक्सनबाट हुने ब्याट्री चुहावटलाई घटाए पनि अझै यो एउटा कारक तत्वको रुपमा कायम छ ।

चिपसेट

चिपसेटले सम्पूर्ण फोनलाई नै सञ्चालन गर्ने हुँदा यो एकदमै महत्वपूर्ण छ । यसले पनि विभिन्न तरिकाले फोनको ब्याट्री लाइफलाई असर गर्छ । चिपसेटबाट हुने प्रभाव भनेको सबैभन्दा पहिलो त्यसको जेनेरेसनबाट हो । प्रत्येक वर्ष चिपसेटहरु सानो, छिटो र ऊर्जा प्रभावकारी बन्दै गइरहेका छन् ।

क्यामेरा

क्यामेरा जुनसुकै फोनका लागि एकदमै महत्पूर्ण हार्डवेयर हो । यसले पनि ब्याट्रीलाई धेरै नै खपत गर्छ । यो भिन्दै हार्डवेयर भएको कारण यसले काम गर्न छुट्टै पावर खपत गर्छ । यदि यसमा छुट्टै मुभिङ पार्टहरु जस्तै सामसङको मल्टी अपर्चर क्यामेरा वा नयाँ वानप्लस फोनको जस्तै मोटोराइज्ड फ्रन्ट क्यामेरा छ भने त्यसले झन् धेरै ब्याट्री खपत गर्छ ।

क्यामेरामा पनि डिस्प्ले र प्रोसेसरले धेरै ब्याट्री खपत गर्छ । क्यामेरा मोडमा हुँदा पनि डिस्प्लेको ब्राइटनेस बढ्ने हुँदा यस्तो हुन्छ । भिडियोमा अझ बढि ब्याट्री खपत हुन्छ । साथै रेजोलुसनले पनि यसमा धेरै फरक पार्छ ।

फोनभित्र रहेका हरेक हार्डवेयरले केही हदसम्म ब्याट्री लाइफलाई असर पुर्‍याइरहेका हुन्छन् । गुगलको पिक्सेल फोर सिरिज फोनमा रहेको सोली चिपमा हातको सिंग्नलले काम गर्छ । यस्तै ओरिजिनल मोटो एक्समा भिन्दै प्रोसेसर कोर हुन्छ, जसलाई सधैं भ्वाइस कमाण्डको आवश्यकता पर्छ ।

यी अतिरिक्त प्रविधिले थप ब्याट्री खपत गर्छन् । फोनमा भएको भाइब्रेसन मोटरले पनि ब्याट्री खपत गर्ने कुरा कतिलाई थाहा नहुनसक्छ । तपाई जति धेरै नोटिफिकेस पाउनुहुन्छ, त्यही अनुसारले तपाईको ब्याट्री पनि खपत हुन्छ । किनभने यसलाई भाइब्रेसन मोटरले सञ्चालन गरिरहेको हुन्छ । यस्तै स्पिकरले पनि ब्याट्री खपत गर्छ । तपाईंले फोनलाई म्युट राख्ने गर्नु भयो भने पनि केही हदसम्म ब्याट्री बचाउन सक्नुहुन्छ ।

तापक्रम र उमेर

फोनको ब्याट्रीलाई तापक्रम र त्यसको उमेर दुबै कुराले असर गर्छ । ब्याट्रीहरु नयाँ हुँदासम्म राम्रो काम गर्छन् । यदी फोनलाई ठिक्कको तापक्रममा चलाइयो भने त्यसले लामो समयसम्म राम्रो काम गर्छ । वास्तवमा भन्ने हो भने ब्याट्री कति पुरानो भन्ने कुराले नै प्रथमतः त्यसको लाइफलाई निर्धारण गर्छ ।

तापक्रम र उमेरबाट फोनलाई बचाउन चार्ज गर्दाको समय आफ्नो फोनलाई प्रयोग नगर्नुहोस् । साथै फोनमा धेरै लोड हुने हेभी गेमहरु लामो समयसम्म नखेल्नुहोस् ।

एक्टिभ एपहरु

फोनको सफ्टवेयरले पनि तपाईको फोनको ब्याट्रीलाई असर गर्छ । जीपीएस एप, क्यामेरा एप र धेरै ठूलो डेटा ट्रान्सफर आवश्यक हुने एपहरुले निकै नै ब्याट्री खपत गर्छन् । तर लन्चर एपहरु क्याल्कुलेटर, स्नापच्याटहरुले भने खासै असर गर्दैनन् ।

मोबाइल गेमिङ एपहरुले पनि धेरै ब्याट्री खपत गर्छन् । तपाई जति ब्याट्री खपत गर्ने एप र गेम प्रयोग गर्नुहुन्छ तपाईको ब्याट्री लाइफ त्यत्ति नै खराब हुँदै जान्छ ।

प्यासिभ एप्स

प्यासिभ तरिकाले चलिरहने एपहरु जुन तपाईको फोनको डिस्प्ले बन्द हुँदा पनि चलिरहन्छन्, त्यसलाई प्यासिभ एप भनिन्छ । यी एपहरु अत्यधिक प्रयोग हुन्छन् । पोडकास्ट प्लेयर्स म्युजिक एपहरुलाई त्यसको उदाहरणको रुपमा लिन सकिन्छ । यी एपहरु भारी रुपमा अप्टिमाइज भए पनि ब्याट्री भने निकै मात्रामा खपत गर्छन् ।

ओपरेङि सिस्टम एण्ड ब्याकग्राउण्ड टास्क

अपरेटिङ सिस्टम ब्याट्री लाइफलाई असर गर्ने अर्को महत्वपूर्ण सफ्टवेयर हो । ओएसले धेरै तरिकाले तपाईको ब्याट्री खपत गर्छ । किन भने मोबाइल डिभाइसको हरेक कुरा यसको नियन्त्रणमा हुन्छ ।

ओएसले पनि चिपसेटले जसरी नै मोबाइलको ब्याट्री खपत गर्छ । ओएसका नयाँ भर्सनहरु धेरै अप्टिमाइज्ड गरिएका हुन्छन्, छिटो काम गर्छन् र थोरै ब्याट्री खपत गर्छन् । अधिकांश ओएसले ब्याट्री खपतलाई नियन्त्रण गर्न केही नयाँ फिचरहरु पनि ल्याएका हुन्छन् । यसले एपको प्रयोगलाई नियन्त्रण पनि गर्छ । साथै थोरै ब्याट्री खपत गर्ने चिजहरुलाई अप्टिमाइज गर्ने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०