काठमाडौं । डिजिटल सञ्चार सेवा प्रदायक कम्पनी आकाशटेलले मनसुन अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत कम्पनीले उपलब्ध गराउँदै आएको कम्युनिकेसन सोलुसनहरूको खरिदमा ग्राहकले ४० प्रतिशत छुट पाउनेछन् ।
कम्पनीका अनुसार यो अफर आउँदो ३१ साउनसम्म लागु हुनेछ । अफरमार्फत व्यवसाय तथा संस्थाहरूले ग्राहकसँगको कल, ह्वाट्सएप संवाद, सामाजिक सञ्जालबाट आउने सन्देश तथा कमेन्ट व्यवस्थापन गर्न आवश्यक पर्ने विभिन्न कम्युनिकेसन सोलुसनमा ४० प्रतिशत छुट उपलब्ध हुनेछ । जसमा आईभीआर तथा कल म्यानेजमेन्ट सोलुसन, ह्वाट्सएप बिजनेस प्लेटफर्म तथा एपीआई र सोसल ओम्नी च्यानल प्लेटफर्म समावेश रहेका छन् ।
कम्पनीका अनुसार आईभीआर सोलुसनले ग्राहकबाट आउने कललाई सम्बन्धित विभाग, शाखा वा कर्मचारीसम्म स्वचालित रूपमा पुर्याउँछ । यसबाट एउटै व्यावसायिक नम्बरमार्फत बिक्री, ग्राहक सेवा, सपोर्ट तथा अन्य विभागका कल व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ ।
त्यस्तै आईभीआर सोलुसन प्रयोग गर्ने व्यवसायले निःशुल्क कल रिपोर्टिङ टुल पनि पाउने कम्पनीले जनाएको छ । टुलमार्फत प्राप्त भएका, उठाइएका, छुटेका तथा ट्रान्सफर गरिएका कल, कलको अवधि, कर्मचारीको प्रतिक्रिया र समग्र कल गतिविधिको विवरण एउटै ड्यासबोर्डबाट हेर्न सकिन्छ ।
साथै, कल रेकर्डिङ सुविधाले ग्राहक सेवाको अनुगमन, कर्मचारी प्रशिक्षण, संवाद समीक्षा तथा सेवा गुणस्तर सुधार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । त्यसै गरी, ह्वाट्सएप बिजनेस प्लेटफर्म तथा एपीआईमार्फत व्यवसायहरूले ग्राहकलाई सेवा अपडेट, अर्डरको विवरण, अपोइन्टमेन्ट रिमाइन्डर, सूचना, प्रचार सामग्री तथा ग्राहक सहायता सम्बन्धी सन्देश पठाउन सक्नेछन् ।
कम्पनीले उपलब्ध गराएको स्मार्ट एआई च्याट बटले कम्पनीका सेवा, मूल्य, नीति, प्रायः सोधिने प्रश्न तथा अन्य व्यावसायिक जानकारीका आधारमा ग्राहकलाई स्वचालित रूपमा उत्तर दिन सक्छ । यसमा बटन, सूची, तस्बिर, उत्पादन विवरण तथा आवश्यक लिङ्कसहित अन्तरक्रियात्मक सन्देश पठाउन सकिने भएकाले ग्राहकलाई सेवा बुझ्न, उत्पादन हेर्न वा आवश्यक अर्को कदम चाल्न सहज हुने कम्पनीको दाबी छ ।
आकाश टेलको सोसल ओम्नी च्यानल प्लेटफर्मले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत विभिन्न डिजिटल माध्यमबाट आउने सन्देश र कमेन्टलाई एउटै ड्यासबोर्डमा ल्याउँछ । यस प्लेटफर्ममा एआई एजेन्ट प्रयोग गरेर ग्राहकका सामान्य प्रश्नको तत्काल उत्तर दिन सकिने भएकाले प्रतिक्रिया दिने समय घट्ने, ग्राहक सेवा निरन्तर सञ्चालन हुने र सबै डिजिटल माध्यममा एकरूप सेवा अनुभव प्रदान गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
आकाश टेलका अनुसार यो अफर विशेष गरी ग्राहक सेवा सुधार गर्न, छुटेका कल र सन्देश कम गर्न, कर्मचारीको कार्यसम्पादन विश्लेषण गर्न तथा ग्राहकसँग हुने विभिन्न संवादलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न चाहने व्यवसाय तथा संस्थालाई लक्षित गरेर ल्याइएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८३ १८:५५
