close

निर्वाण चौधरीले यसरी सम्झिए मन्त्री बास्कोटा

टेकपाना टेकपाना

माघ २४, २०७६

निर्वाण चौधरीले यसरी सम्झिए मन्त्री बास्कोटा

पछिल्लो केही समययता सीजी कम्युनिकेशनको दूरसञ्चार सेवाको अनुमतिपत्रको विषय नैकै चर्चाको विषय बनेको छ । फोर्ब्समा सूचीकृत एकमात्र नेपाली खर्बपति विनोद चौधरीले दिएको टेलिभिजन अन्तरवार्ता, दूरसञ्चार प्राधिकरणले खारेज गरेको सीजीको लिमिटेड मोबिलिटी सेवा अनुमतिपत्र, प्रतिपक्षी दल काँग्रेसले संसदमा उठाएको एजेण्डा र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यस उपर गरेको टिप्पणीका कारण अहिले यो विषय सार्वजनिक वहशमा छाएको छ ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा सञ्चारमन्त्री बास्कोटाले २५ लाखमा अनुमतिपत्र पाएको सीजीलाई २० अर्बको लाइसेन्सको सुविधा दिन नसकिने टिप्पणी गरे । सीजीले राजनीतिक पुर्वाग्रहका कारण मोबाइल सेवा दिन पाउने आफ्नो युनिफाइड लाइसेन्स रोकिएको आशय व्यक्त गर्दै आएको छ ।

यसैबीच शुक्रबार खर्बपति चौधरीका छोरा निर्वाण चौधरीले ट्वीट गरेका छन् । निर्वाणले एक वर्ष अघि स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुँदाताकाकाे मन्त्री बास्कोटा समेत रहेको तस्विर सहित ट्वीट गरेका छन् । जसमा उनले उल्लेख गरेका छन्, ‘गत वर्ष बार्सिलोनाको मोबाइल वर्ल्ड कंग्रेसमा हाम्रो नवीनतम् डिजिटल सेवाप्रदायकको योजनामा गोकुल बाँस्कोटा सहभागि भएको एक वर्ष मनाइरहेका छौँ । समान किसिमको व्यवसायिक वातावरण बनाउने विषयमा जनाएको प्रतिवद्धता सायद उहाँले बिर्सिनु भयो होला, स्मरण गराउन चाहन्छु ।’

तर, अहिले निर्वाणले आफ्नो ट्वीट हटाइसकेका छन् ।

?
?

पछिल्लो अध्यावधिक: असोज २, २०७९