सीजीले किन्यो युरोपको टेलिकम कम्पनी ‘मोल्डसेल’

काठमाडौं। नेपालमा लाइसेन्सका लागि लडिरहेको सिजी कम्युनिकेसनले युरोपको वायरलेस कम्पनी ‘मोल्डसेल’ खरिद गर्ने भएको छ । कम्पनीले मोल्दोभाको वायरलेस सेवा प्रदायक कम्पनी ‘मोल्डसेल’ ३ करोड १५ लाख डलर अर्थात ३ अर्ब ५९ करोड रुपैयाँमा खरिद गर्ने भएको हो ।

नेपालमा युनिफाइड लाइसेन्स माग गरिरहेको कम्पनीले हालसम्म प्राप्त गर्न सकेको छैन । उल्टै नेपाल दूरसञ्चार प्राधिकरणले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरिदिएको छ । यहि क्रममा कम्पनीले टेलिया कम्पनीको स्वामित्वमा रहेको फिन्तुर होल्डिङको वायरलेस सेवा प्रदायक ‘मोल्डसेल’ को शतप्रतिशत सेयर खरिद गर्ने भएको हो । त्यसका लागि गत शुक्रबार टेलियासँग सीजीले सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team