close

ओपेरामा यसरी सुरक्षित राख्नुहोस् आफ्नो गोपनीयता

टेकपाना टेकपाना

फागुन ११, २०७६ १२:७

ओपेरामा यसरी सुरक्षित राख्नुहोस् आफ्नो गोपनीयता

ब्राउजिङको दुनियामा ओपेरा कुनै नयाँ होइन । १९९५ यता चर्चित ब्राउजरमध्येको यो पनि एउटा विकल्प मानिन्छ । ओपेराले विज्ञापन र ट्रयाकरहरुलाई ब्लक पनि गर्छ । 

तपाईं जब ओपेरालाई पहिलोपटक इन्स्टल गर्नुहुन्छ, तब तपाईंले स्क्रिनमा विज्ञापन ब्लक गर्न टोगलमा अप्सन देख्नसक्नुहुन्छ । यो ब्राउजरले निःशूल्क भीपीएन पनि दिन्छ । ओपेराले पब्लिक वाईफाई तथा रुटबाट पास हुने कुनै पनि किसिमका डेटालाई इन्क्रिप्ट गर्ने बताएको छ । 

यदि तपाईंले ओपेरा इन्स्टल गर्दैगर्दा ट्रयाकर तथा ब्लकरलाई बन्द गराउनु भएन र त्यसलाई इनेबल गर्न चाहनु भयो भने, तपाईंले म्यानुअल्ली स्विच गर्नसक्नुहुन्छ । यो गाह्रो हुन्न । यसका लागि सबै भन्दा पहिले सेटिङ आईकनमा जानुहोस् । त्यहाँबाट बेसिक क्लिक गर्नुहोस् । अब त्यहाँ रहेको प्राइभेसी प्रोटेक्सनभित्र रहेको ब्लक ट्रयाकर्सलाई टोगल गर्नुहोस् । 

यसो गर्दा तपाईंको एड पनि ब्लग हुन्छ र वेब पनि तीन गुणा छिटो सर्फ गर्नसकिन्छ । एकपटक टोगल गरेपछि ट्र्याकिङ ब्लकर र एड ब्लकर दुबैले ‘म्यानेज एसेप्सन’ अप्सन दिन्छ । जसबाट तपाईं कुन विज्ञापन र ट्र्याकरलाई अनुमति दिने भन्ने कुरा चयन गर्नसक्नुहुन्छ । 

ओपेराले प्रयोगकर्तालाई कुन ट्र्याकरलाई उसले ब्लग गर्यो भनेर हेर्न सकिने व्यवस्था पनि गरेको छ । जब तपाईं साइटमा अन हुनुहुन्छ भने एड्रेस बारमा रहेको ‘ब्ल्यु सिल्ड’ आइकनले एक्टिभ छ वा छैन भनेर चेकमार्क देखाउँछ । अब त्यो आइकन क्लिक गर्नुहोस् र त्यहाँ तपाईंले ‘ट्र्याकर र एड ब्लक’ देख्न सक्नुहुन्छ । यसमा प्रयोगकर्ताले निश्चित साइटका लागि विज्ञापन बन्द गर्नुका साथै ट्र्याकरहरु ब्लकिङ गर्नसक्छन् । 

त्यसपछि ब्लक गरिएका ट्र्याकरहरुको सूचीलाई क्लिक गर्नुहोस् र त्यहाँ ओपेराले हाल कुनकुन ट्र्याकरलाई ब्लक गरेको छ भनेर हेर्न सकिन्छ । ओपेरा एउटा क्रोमियम ब्राउजर हो । यसको ग्रानुलर कन्ट्रोल प्रक्रिया सबैलाई थाहा नै होला ।

यसका लागि सबैभन्दा पहिले सेटिङमा गएर एड्भान्स क्लिक गर्नुहोस् । त्यसपछि प्रभाइभेसी एण्ड सेटिङमा क्लिक गर्नुहोस् । त्यसपछि साइट सेटिङमा गएर कुकिज एण्ड साइट डेटामा जानुहोस् । 

त्यसपछि टोगल गरेर तपाईंले साइटलाई कुकी डेटालाई सेभ गर्न र पढ्न अनुमति दिनसक्नुहुन्छ । साथै अर्को टोगल गरेर थर्ड पार्टी कुकीलाई ब्लक गर्नसक्नुहुन्छ । साथै अर्को टोगलमा ओपेरा क्वीट गर्दा कुकिज र साइट डेटा क्लियर गर्ने अप्सन पाउनसक्नुहुन्छ । 

साइटबाट कुकिज डिलिट गर्न सी अल कुकिज एण्ड साइट डेटामा गएर क्लिक गर्नुहोस् । त्यसपछि त्यसको नजिकमै रहेको थ्रास आइकनलाई क्लिक गर्नुहोस् । इन्डिभिजुअल कुकिजलाई डिलिट गर्न साइटको नाममा क्लिक गर्नुहोस् र प्रत्येक कुकिजको नजिक रहेको एक्सलाई क्लिक गर्नुहोस् । कुकिजको डिटेल हेर्न एर्रोमा क्लिक गर्नुहोस् । 

अब कुकिजलाई क्लिन अप गर्नुहोस् । तपाईले ब्राउजर एक्टिज गर्दा ओपेराले डेटा क्लिन अप गर्ने गरी सेट अप गर्न सक्नुहुँदैन । अन्तिम २४ घण्टा, बितेको सात दिनदेखि वितेको चार हप्तादेखि सबै डेटाहरु तपाईं आफैले म्यानुअल्ली क्लियर गर्नुपर्ने हुन्छ । 

सेटिङमा गएर प्राइभेसी एण्ड सेक्युरिटीमा जानुहोस् त्यसपछि क्लियर ब्राउजिङ डेटामा क्लिक गर्नुहोस् । त्यहाँ बेसिकमा गएर तपाईंले ब्राउजिङ हिस्ट्री, कुकिज र क्यास डेटाहरु क्लियर गर्नसक्नुहुन्छ ।

एड्भान्समा गएर तपाईले न्युज युसेज, पासवर्ड लगायतका धेरै कुराहरु हटाउन सक्नुहुन्छ । टाइम रेञ्ज छनौट गरेर क्लियर डेटा क्लिक गर्नुहोस् । फिंगरप्रिन्टिङका लागि भने ओपेरामा कुनै पनि निश्चित प्रोटेक्सन समावेश गरिएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०