close

जानिराख्नुहोस् गूगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

टेकपाना टेकपाना

फागुन २२, २०७६ १५:२६

जानिराख्नुहोस् गूगल अकाउन्ट सुरक्षित राख्ने यी १० तरिका

हाम्रो अकाउन्ट सुरिक्षत राख्न एकदमै जरुरी छ ।  एउटा गूगल अकाउन्टभीत्र तपाईंका कति महत्वपूर्ण विवरण, तस्विर, फाइलहरु, सम्पर्कहरु, टेक्स्ट म्यासेज, सर्च हिस्ट्री, लोकेसन हिस्ट्री जोडिएर बसेका हुन्छन् भन्ने कुरा तपाईंले सोच्नु भएको छ वा छैन ? 

तपाईं चाहे व्यवसायिक वा व्यक्तिगत जुनसुकै प्रयोजनका लागि गूगल प्रयोग गर्नुहोस्, पक्कै पनि तपाई सधैं सम्पूर्ण सूचना आफ्नो नियन्त्रणभित्र राख्न चाहनुहुन्छ । 

तर यसका लागि तपाईंले वर्षौं अघि राखेको पासवर्डले यस्तो अमूल्य सम्पत्तिलाई सुरक्षित राख्न सक्दैन । त्यसैले यसका लागि तपाईंलाई आज हामी केही उपायका बारेमा बताउँदै छौँ, जसले तपाईंलाई आफ्नो अकाउन्ट सुरक्षित राख्न सहयोग गर्नेछ । 

१. पासवर्ड चेक गर्नुहोस् 

पासवर्ड तपाईंको नाममा आधारित छ कि तपाईंको जन्मदिन, बसाइको ठेगाना वा अन्य कुनै कुरा, जुन तपाईंलाई गूगलिङ गर्दा सजिलै थाहा पाउन सकिन्छ । तपाईंको पासवर्ड सजिलो शब्दमा आधारित छ वा सजिलै अनुमान गर्न सकिने ढाँचामा ? आठवटा अक्षरभन्दा कम छ ? वा तपाईं अन्य कुनै वेबसाइट, एप वा सेवामा लग ईन गर्न पनि यही पासवर्ड प्रयोग गर्नुहुन्छ ? 

यदि यी प्रश्नहरुमा तपाईंको उत्तर सकरात्मक छ भने आफ्नो पासवर्ड तत्काल परिवर्तन गरिहाल्नुहोस् । यसका लागि तपाईं आफ्नो व्यक्तिगत सूचनाबाट पत्ता लगाउन नसकिने लामो र जटिल तथा ढाँचाको पासवर्ड सेट गर्नुहोस् । 

२. आफ्नो गूगल अकाउन्टलाई दोस्रो तहको संरक्षण दिनुहोस् 

तपाईंको गूगल अकाउन्टको पासवर्ड जतिसुकै बलियो किन नहोस्, अकाउन्ट ह्याक हुने सम्भावना सधैं रहिरहन्छ । तपाईंले आफ्नो अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नु भयो भने तपाईंको यो भर्चुअल सम्पत्ति सुरक्षित राख्न सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नाले यसले गूगल अकाउन्टको पासवर्ड अन्य कसैलाई थाहा भएको खण्डमा पनि ह्याक हुनबाट जोगाउँछ । 

02 google account security 2fa

३. आफ्नो परिचय पुष्टि गर्न तयार रहेको सुनिश्चित गर्नुहोस् 

यदि तपाईंको अकाउन्टमा कुनै किसिमको शंकास्पद  गतिविधि पहिचान भयो भने गूगलले तपाईंलाई साइन ईन गर्नु अघि आफ्नो पहिचान सुनिश्चित गर्न आग्रह गर्छ । यदि तपाईंले आफ्नो अकाउन्ट भेरिफिकेसन सेटिङमा हेर्नु भएन भने केही समयपछि आवश्यक सूचनाहरु हराउन सक्ने सम्भावना रहन्छ । 

गूगल अकाउन्ट सेक्युरिटी साइट खोल्नुहोस् । त्यहाँ एउटा सेक्सन हुन्छ, जसमा लेखिएको हुन्छ- आफूलाई भेरिभाइ गर्ने तरिका । त्यसमा दुई अप्सन हुन्छ, रिकभर योर फोन र रिकभर योर ईमेल ।

यदि यी विकल्पमा दिइएका जानकारी तत्कालका लागि सही छैनन् भने यसलाई क्लिक गरेर तत्काल अपडेट गर्नुहोस् । यसपछि हामी हाम्रो गूगल अकाउन्ट सुरक्षाको अर्को तहमा पुग्न सक्छौँ । 

४. तपाईंको अकाउन्टसँग थर्ड पार्टी सर्भिसको एक्सेस छ वा छैन हेर्नुहोस् 

तपाईं जब आफ्नो फोन वा कम्प्युटरमा गूगलसँग अन्तरक्रिया गर्ने कुनै एप सेटअप गर्नुहुन्छ, तब केही हदसम्म यस्ता एपले तपाईंको गूगल अकाउन्टको डेटामा एक्सेस पाउँछन् । 

अवस्था अनुसार ती एपले तपाईंको गूगल सर्भिस भित्रको गतिविधिलाई हेर्न पाउँछन् वा पाउँदैनन् भन्ने कुरा निर्धारण गर्छ । यी एपले तपाईको जीमेल, गूगल क्यालेन्डर, गूगल ड्राइभ वा पुरै गूगल अकाउन्ट पनि हेर्न सक्छन् । 

04 google account security app access

कुनकुन एपलाई तपाईंका कस्ता सूचनामा पहुँच छ भन्ने कुरा थाहा पाउन तपाईं गूगल थर्ड पार्टी एप एक्सेस ओभरभ्यूमा जानुहोस् । र त्यहाँबाट कनेक्टेड सर्भिसहरुको सूची हेर्नुहोस् । यदि तपाईंले त्यहाँ आफूले प्रयोग नगर्ने कुनै एप वा सर्भिस देख्नु भयो भने त्यसलाई हटाइदिनुहोस् । तपाईंले प्रयोग गर्ने र जानेको एप भएको खण्डमा हटाउन आवश्यक नहुनसक्छ । 

५ तपाइको अकाउन्टसँग एक्सेस भएको डिभाईसलाई पनि रिभ्यू गर्नुहोस्

तपाईंले कतिपय डिभाइसमा आफ्नो गूगल अकाउन्टलाइ धेरैपटक सेट गरिसक्नु भएको होला । तपाईंले एकपटक सिस्टम लेभलमा आफ्नो अकाउन्टलाइ कनेक्ट गराइसकेपछि तपाईंको अकाउन्टमा त्यो डिभाइसको सिस्टमले पहुँच पाउन सक्छ । 

तपाईं यसलाई पनि रोक्न सक्नुहुन्छ । त्यसका लागि गूगलको डिभाइस एक्टिभिटी पेजमा जानुहोस् । तपाईंले त्यहाँ कुनै डिभाइस देख्नु भयो, जसलाई तपाईं प्रयोग गर्नुहुन्न वा चिन्नु हुन्न । त्यसो हो भने तीन ओटा थोप्ला भएको मेनुमा गएर साइन ईट आउट अफ योर अकाउन्टमा जानुहोस् ।

६. तपाईंको फोनमा एपको अनुमति वा प्रमिसन हेर्नुहोस्

एप सम्बन्धि ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि तपाईं एन्ड्रोइड प्रयोग गर्दै हुनुहुन्छ भने केही सिस्टम लेभल प्रमिसनहरु हुन्छन् । जस्तै कन्ट्याक्ट र क्यालेण्डरसँग सम्बन्धित छ भने यसले तपाईंको गूगल अकाउन्टमा रहेको डेटाको क्षेत्रमा समेत पहुँच बनाउन सक्छ । गूगल कन्ट्याक्ट र गूगल क्यालेण्डरले तपाईंको फोन र क्लाउडबीचको डेटालाइ सिन्क्रोनाइज गर्छ ।

06 google account security android app permissions

 

फोनको सिस्टम सेटिङमा रहेको प्राइभेसी सेक्सनमा जानुहोस् । त्यहाँ एउटा लाइनमा ‘प्रमिसन म्यानेजर’ हुन्छ । तर यो शब्द एन्ड्रोइड भर्सन अनुसार फरक हुन्छ । त्यहाँ तपाईंले विभिन्न प्रमिसनहरु देख्न सक्नुहुन्छ । कुन एपहरु तपाईंको अकाउन्टमा एक्सेस पाउन सक्षम छ भन्ने देख्नसक्नुहुन्छ । दुईपटक ट्याप गरिसकेपछि तपाईले प्रमिसनलाइ रद्द गर्न पनि सक्नुहुन्छ ।

७. ब्राउजरमा एक्सटेन्सन प्रमिसन हेर्नुहोस् 

डेस्कटप क्रोममा एड भएको एक्सटेन्सनले तपाईंको ब्राउजर क्षमतालाईं बढाउने सम्भावना राख्छ । तर यसले तपाईंको गोपनीयतालाई भने जोखिममा राख्न सक्छ । 

यसकारण तपाईं आफूले इन्स्टल गरेको प्रत्येक एक्सटेन्सनको सेटिङ चेक गर्नुहोस् । अन्यथा तपाईंको क्रोमभीत्रको सबै ब्राउजिङ गतिविधि बाहिरी कम्पनीसँग शेयर भइरहेको हुनसक्छ । 

यसका लागि तपाईं आफ्नो ब्राउजर एड्रेस बारमा गएर क्रोम एक्सटेन्सन टाइप गर्नुहोस् र पेजमा रहेका सबै एक्सटेन्सनको डिटेल बक्समा क्लिक गर्नुहोस् । अब तपाईं त्यहाँ साइट एक्सेस देख्नुहुन्छ । आफूले कुन स्तरसम्म पहुँच दिनु भएको छ, विचार गर्नुहोस् र त्यो आवश्यक छ वा छैन ठम्याउनुहोस् ।

८. आफूलाई आवश्यक नभएको मोबाइल एप र ब्राउजर एक्सटेन्सन हटाउनुहोस्

तपाईंले आफ्नो फोन वा ल्यापटपमा कतिवटा एप वा ब्राउजर एक्स्टेन्सन इन्स्टल गर्नुभएको छ, याद गर्नुहोस् । के ती सबै काम लाग्ने छन् त ? तपाईंले गूगल अकाउन्टमा अनुमति दिएका केही एपले तपाईंको पासवर्ड ह्याक गर्नसक्छन् । यदि तपाईं चलाउनु हुन्न भने त्यसलाई हटाउनु सुरक्षाको दृष्टिले राम्रो हुन्छ ।

९. भर्चुअल गूगल विल सेट अप वा कन्फर्म गर्नुहोस् 

आफ्नो गूगल अकाउन्टमा भर्चुअल विल क्रियट गर्दा अत्यन्तै राम्रो हुन्छ । यसलाई व्यवस्थापन गर्न गूगलसँग साधारण सिस्टम रहेको छ । यसका लागि ईनएक्टिभ अकाउन्ट म्यानेजर खोल्नुहोस् । त्यहाँ तपाईंले आफ्नो अकाउन्ट केही समयका लागि इनएक्टिभ भएको खण्डमा के हुनसक्छ भन्ने कुरा निर्धारण गर्न टूलहरु भेट्न सक्नुहुन्छ ।

09 google account security inactive account manager

तपाईंले त्यहाँ केही महिना निर्धारण गर्नसक्नुहुन्छ । वा जति अवधिसम्म तपाई आफ्नो जीमेलमा लग ईन गर्नुहुन्न त्यो समय उल्लेख गर्न सक्नुहुन्छ । साथै त्यसमा फोन नम्बर र ईमेल एड्रेस पनि राखिएको हुन्छ ।

जसमार्फत कसैले तपाईंको अकाउन्ट खोल्ने प्रयास गरे गूगलले तपाईंलाई सम्पर्क गर्नेछ । त्यसपछि तपाईंले गूगललाई कुनै पनि एउटा ईमेल एड्रेस दिन सक्नुहुन्छ । जसमा गूगलले नोटिफिकेसन पठाउनेछ । 

१०. गूगलको एड्भान्स प्रोटेक्सन प्रोग्रामको बारेमा सोच्नुहोस् 

 गूगलको एड्भान्स प्रोटेक्सन प्रोग्राम सबैका लागि ठीक नहुनसक्छ । तर यो कुनै कुनै गूगल प्रयोगकर्ताका लागि भने यो निकै ठूलो उपलब्धिमूलक हुनसक्छ । अट्याकको ठूलो जोखिममा हुने प्रयोगकर्ताहरुलाई गूगलले एलिभेटेड फर्म अफ अकाउन्ट सेक्युरिटी प्रदान गर्छ । यसलाई एडभान्स प्रोटेक्सन प्रोग्राम भनिन्छ । यसले जोकसैलाई पनि गूगल अकाउन्टमा एक्सेस पाउनबाट रोक्न भारी ड्युटी रेस्ट्रिक्सन लागू गर्छ । तर यसले तपाईंलाई केही गाह्रो पनि बनाउँछ । 

यसको मूख्य फिचर भनेको कुनै पनि नयाँ डिभाइसमा पहिलोपटक साइन ईन गर्नका लागि फिजिकल सेक्युरिटी की आवश्यकता पर्छ । यसमा पासवर्डको अलावा टु फ्याक्टर अथेन्टिकेसन पनि आवश्यक पर्छ । त्यो फोनमा अप्रुभ की ब्युल्ट पनि हुनसक्छ वा स्ट्याण्ड अलोन डोंगल पनि हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०