close

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा जस्तै अब ट्वीटरमा पनि ‘स्टोरी’

टेकपाना टेकपाना

फागुन २२, २०७६ १४:३६

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा जस्तै अब ट्वीटरमा पनि ‘स्टोरी’

काठमाडौं । ट्वीटरले आफ्नो प्रतिस्पर्धी कम्पनी फेसबुकको म्यासेन्जर र इन्स्टाग्राममा जस्तै ‘स्टोरी’ राख्न मिल्ने बनाएको छ । त्यसको पहिलो परिक्षण कम्पनीले ब्राजिलमा गरेको छ ।

ब्राजिलमा भएको परिक्षण अनुसार ट्वीटरले प्रयोगकर्ताको प्रोफाइलमा फोटो, भिडियो राख्न मिल्ने सुविधा दिएको छ । जुन २४ घण्टा पश्चात आफै हट्ने छ । यो सुविधा हाल फेसबुकको म्यासेन्जर र इन्स्टाग्राममा उपलब्ध रहेको छ ।

‘कतिपय प्रयोगकर्ताले ट्वीटर पब्लिक र त्यहाँ लेखिएका सबै कुरा सधैका लागि बस्ने भएकाले ट्वीट गर्न असहज भएको गुनासो गरेका थिए,’ ट्वीटरले आफ्नो ब्लगमा लेखेको छ, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले ‘फ्लिट्स’ नामक सुविधाको परिक्षण गरेका छौं । जसमार्फत प्रयोगकर्ताले आफ्नो दिमागमा खेलेका कुरा २४ घन्टाको लागि आफ्नो प्रोफाइलमा राख्न सक्नेछन् । २४ घण्टा पश्चात यो स्वत हट्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०