close

थाहा पाउनैपर्ने गूगलको ट्रिक, जुन मोबाइल हराउँदा काम लाग्छ

टेकपाना टेकपाना

चैत ५, २०७६ १३:३३

थाहा पाउनैपर्ने गूगलको ट्रिक, जुन मोबाइल हराउँदा काम लाग्छ

कतिपय समय तपाईंको मोबाइल चोरी भइदिन्छ वा हराउँछ वा आफ्नो फोन कहाँ छ भन्ने कुरा थाहा हुँदैन । यो ट्रिकबाट तपाईंले आफ्नो फोनको लोकेसन थाहा पाउन सक्नुहुन्छ ।

त्यति मात्रै होइन, त्यसमा सहजै पहुँच बनाएर डिलिट गर्न सक्नुहुन्छ । हराएको फोनको अन्तिम लोकेसन पनि चेक गर्न सक्नुहुन्छ ।

यसका लागि सुरुमा गूगलमा गएर find my device सर्च गर्नुहोस् । अब सुरुको लिंकमा गएर आफूले जुन जीमेल आईडीबाट आफ्नो फोनमा लगईन गर्नु भएको थियो, सोही आईडीबाट त्यसमा लगईन गर्नुहोस् ।

कहिले काहिँ घर तथा कार्यालयमा मोबाइल कता पर्छ थाहा हुँदैन । खोज्दा सहजै भेटिँदैन । फोन वा अरु कसैको मोबाइलबाट कल गर्दा साइलेन्ट मोडमा छ भने घण्टी पनि सुनिँदैन । यस्तो समस्याबाट तपाईं पनि गुज्रिनु भएको हुनसक्छ ।

यो ट्रिक प्रयोग गरेर तपाईं आफ्नो मोबाइल साइलेन्ट मोडमै भए पनि पाँच मिनेट लामो रिङटोन दिन सक्नुहुन्छ । डिभाइस लक गरेर गूगल साइन आउट गर्न सक्नुहुन्छ । मोबाइलमा कति चार्ज बाँकी छ, त्यो पनि थाहा पाउन सक्नुहुन्छ ।

लक स्क्रिनमै म्यासेज वा फोन नम्बर देखाउन पनि सक्नुहुन्छ र फोनमा भएका डाटा डिलिट गर्न सक्नुहुन्छ । मोबाइल हराएको वा चोरी भएको अवस्थामा प्रहरीमा उजुरी दिन आवश्यक आईएमईआई नम्बर समेत त्यसैबाट थाहा पाउन सकिन्छ । तर यसका केही फिचरका लागि भने तपाईंको मोबाइल डेटा वा इन्टरनेटमा कनेक्ट हुन भने जरुरी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१