close

सारथीका ट्याक्सी अस्थायी रुपमा बन्द

टेकपाना टेकपाना

चैत ११, २०७६ १३:३१

सारथीका ट्याक्सी अस्थायी रुपमा बन्द

काठमाडौं । अनलाइनबाट ट्याक्सी बुकिङको सेवा दिँदै आएको सारथी क्याबले आफ्नो सेवा अस्थायी रुपमा बन्द गरेको छ । कोरोना भाइरस (कोभिड-१९) लाई कारण देखाउँदै कम्पनीले आफ्नो सेवा अनिश्चित समयका लागि बन्द गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले मंगलबारदेखि मुलुक नै लकडाउन गरेको छ । सोही कारण कारण सारथीले आफ्नो ट्याक्सी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६