close

भायनेटमा साइबर आक्रमण, १ लाख ६० हजारभन्दा बढीको व्यक्तिगत विवरण बाहिरियो

टेकपाना टेकपाना

चैत २६, २०७६ १४:४७

भायनेटमा साइबर आक्रमण, १ लाख ६० हजारभन्दा बढीको व्यक्तिगत विवरण बाहिरियो

काठमाडौं । इनेटरनेट सेवाप्रदायक कम्पनी भायनेटमा साइबर आक्रमण भएको छ । खाना तथा खाजाको अनलाइन डेलिभरी सेवा दिँदै आएको फूडमाण्डुमा साइबर आक्रमण भएकै केही महिना बित्न नपाउँदै पुनः अर्को हमला भएको हो ।

साइबर हमलाबाट भायनेटका एक लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण बाहिरिएको छ । जसमा प्रयोगकर्ताको नाम, ठेगाना, फोन नम्बर र ईमेल एड्रेस रहेको छ ।

भायनेटका संस्थापक तथा प्रबन्ध निर्देशक विनय बोहोराले टेकपानासँगको कुराकानीमा साइबर हमला भएको पुष्टी गरे । ‘हामीले भर्खरै मात्र हाम्रा प्रयोगकर्ताको डाटा चोरी भएको जानकारी पाएका छौँ,’ उनले भने, ‘कसले, कहाबाट, कहिले, कसरी यो सबै गर्‍यो भन्ने विषयमा हामी छानविन गर्दैछौँ । नेपाल प्रहरीको साइबर ब्युरो तथा सीआईबीलाई समेत जानकारी गराउने काम भइरहेकाे छ ।’

साइबर आक्रमणका कारण सेवा प्रवाहमा भने कुनै अवरोध नहुने बोहोराले स्पष्ट पारे । उनले भने, ‘यस विषयमा थप छानविन पछि मात्रै भन्न सकिन्छ ।’

निजी क्षेत्रका सेवाप्रदायकरुमाथि श्रृङ्खलावद्ध रुपमा साइबर हमला हुन थालेपछि नेपालको साइबर सुरक्षाप्रति प्रश्न उब्जिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१