close

फायरफक्स भन्दा अघि माइक्रोसफ्ट एज

टेकपाना टेकपाना

चैत ३०, २०७६ १३:१५

फायरफक्स भन्दा अघि माइक्रोसफ्ट एज

काठमाडौं । विश्वको सबैभन्दा चर्चित ब्राउजरको दोस्रो स्थानमा माइक्रोसफ्ट एज उक्लिएसँगै मोजिल्ला फायरफक्सले दोस्रो स्थाना गुमाएको छ । यो सँगै माइक्रोसफ्ट एज प्रयोगकर्ताको दोस्रो विकल्प हुन सफल भएको छ ।

भर्खरै सार्वजनिक भएको नेटमार्केट शेयरको प्रतिवेदन अनुसार एज ७.५९ प्रतिशत मार्केट शेयरको साथ दोस्रो स्थानमा उक्लिएको छ भने एक स्थान तल झरेको फायरफक्सको मार्केट शेयर ७.१९ प्रतिशत छ । यो दौडमा गुगल क्रोम सबैभन्दा अघि छ । गुगल क्रोमको मार्केट शेयर ६८.५ प्रतिशत छ ।

गएको जनवरीमा फायरफक्सको मार्केट शेयर ८.२२ थियो । त्यतिबेला क्रोमको मार्केट शेयर ६६.५९ हुँदा एजको मार्केट शेयर जम्मा ६.४७ थियो । यसको कारण माइक्रोसफ्टको पछिल्लो निर्णयलाई लिइएको छ ।

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरलाई विस्तारै फेजआउट गर्दै एजलाई प्राथमिकता दिइरहेको छ । कम्पनीले एजको लागि इन्टरनेट एक्सप्लोरलाई माइक्रोसफ्टको डिफल्ट ब्राउजरबाट पनि हटाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४