close

आपत्‌कालीन स्वास्थ्य सेवाको तयारीमा सारथी

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १२:११

आपत्‌कालीन स्वास्थ्य सेवाको तयारीमा सारथी

काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदान गर्दै आएको सारथीले कोरोना भाइरसको महामारीको समयमा आपत्‌कालीन सेवा प्रदान गर्ने भएको छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा यस्तो आपत्‌कालीन सेवा उपलब्ध गराउने तयारी कम्पनीले थालेको हो ।

‘मानिसहरु अति आवश्यक समयमा हामीलाई कल गरिरहेका छन्’, सारथीका सह–संस्थापक प्रकाश न्यौपानेले भने, ‘धेरैजसो गर्भवतीका केसहरु आइरहेका छन् । उनीहरुलाई नियमित स्वास्थ्य जाँचको लागि अस्पताल जानुपर्ने हुन्छ । तर यस्तो अवस्थामा पनि हामीले अहिलेसम्म सेवा दिन भने सकिरहेका छैनौँ ।’

आफूहरु यसलाई सम्भव बनाउने प्रयत्नमा विभिन्न मोडालिटीमा काम गरिरहेको न्यौपानेले बताए । सबै हिसावले सम्भव नभए पनि स्वास्थ्य समस्या देखिएको अवस्थामा आवश्यक सवारी साधनको व्यवस्था गर्ने तयारी भइरहेको उनको भनाई छ ।

‘हामीले विभन्नि क्षेत्रमा बस्ने हाम्रा ड्राइभरहरुसँग कुरा पनि गरेका छौँ,’ न्यौपानेले भने, ‘उनीहरु आफै पनि समस्यामा छन् । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने उनीहरुको रोजिरोटी अहिले बन्द भएको छ । यस्तोमा उनीहरुले पनि आवश्यकता अनुसार ट्याक्सी चलाउन सक्ने बताइरहेका छन्,’ उनले भने,

अहिले पनि स्वास्थ्य समस्या देखिएकाहरुलाई रेड लाइट बालेर गाडीमा बिरामी बोकेर हिँडिरहेको देखिन्छ । त्यसैले हामीले पहिलो प्राथामिकताको हाम्रा ट्याक्सी ड्राइभरलाई सुरक्षित राख्नुपर्छ भनेर उनीहरुका लागि आव्शयक पीपीई सेटको व्यवस्था पनि गरिरहेका छौं ।’

सारथीले ट्याक्सी ड्राइभरलाई आफ्नै खर्चमा पीपीई उपलब्ध गराउने छ । जसले सुरक्षित महसुस गरेर बिरामीलाई असोर पसार गर्न उनीहरुलाई सहज हुने कम्पनीको विश्वास छ ।

यसरी सेवा दिनका लागि अहिले सारथीले सरकारी नियकासँग पनि स्वीकृति लिने प्रकृया अगाडि बढाइसकेको छ । स्वीकृति प्राप्त भएसँगै आफूहरु सेवाग्राहीलाई अत्यावश्यक सेवा उपलब्ध गराउन थाल्ने न्यौपानेले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४