close

डिजाइनका कारण चर्चामा आईफोन ट्वेल्भ

टेकपाना टेकपाना

बैशाख ८, २०७७ १५:५१

डिजाइनका कारण चर्चामा आईफोन ट्वेल्भ

काठमाडौं । सस्तो आईफोन एसई सार्वजनिक भएको केही दिनमै आईफोन ट्वेल्भ १२ चर्चाको विषय बनेको छ । चर्चाको मूख्य कारण चाहिँ यसको डिजाइन हो ।

सार्वजनिक भएको डिजाइनका आधारमा हेर्ने हो भने आईफोन ट्वेल्भ सिरिजका स्मार्टफोन आईप्याड प्रो जस्तै डिजाइनमा आउनेछन् । सार्वजनिक भएको उक्त डिजाइन आईफोन ट्वेल्भ प्रो म्याक्सको भएको अनुमान गरिएको छ ।

हालसम्म उक्त डिजाइनको काम ७० प्रतिशत सकिएको जनाइएको छ । जुन आईफोन इलाभेन सिरिजका स्मार्टफोनको तुलानमा निकै फरक रहेको छ ।

सार्वजनिक भएको डिजाइनले आईफोन फेरी पुरानै डिजाइनतर्फ फर्किरहेको देखिन्छ । आईप्याड प्रोको जस्तै फ्ल्याट डिजाइनमा आउने भनिएको आईफोन ट्वेल्भ हेर्दा झट्ट आईफोन फाइभ एस जस्तै देखिन्छ ।

आईफोन ट्वेल्भको स्क्रिन साइज र बडी साइज ठूलो र फराकिलो हुने देखिन्छ । हालसम्म भएको डिजाइन अनुसार फोनमा क्वाड क्यामेरा सेटअप हुनेछ ।

तर, क्यामेरा र नोचको डिजाइन अझै तयार भइ नसकेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा नयाँ आईफोन ठ्याक्कै यस्तै हन्छ भनेर दाबी गर्न भने सक्ने अवस्था छैन ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४