close

अनलाइन कक्षा सञ्चालनमा सघाउने फ्युज मेसिनको एआई प्रविधि, यस्ता छन् फिचर

युजु खालिङ युजु खालिङ

बैशाख १२, २०७७ १६:३२

अनलाइन कक्षा सञ्चालनमा सघाउने फ्युज मेसिनको एआई प्रविधि, यस्ता छन् फिचर

काठमाडौं । लकडाउनको समयमा डिस्टेन्स लर्निङको माग अहिले विश्वव्यापी रुपमा बढिरहेको छ । यो अनपेक्षित आपतकाल टार्न हामी विभिन्न भिडियो कन्फ्रेन्सिङ एपबाट अनलाइन कक्षा तथा अनलाइन कोर्ष पढिरहेका छौं ।

तर कक्षा, कन्टेन्ट, प्रक्रिया र प्लेटफर्म सहितको सिंगो सोलुसन प्याकेज भने हामीसँग अहिलेसम्म उपलब्ध छैन । यसैबीच नेपालकै नेतृत्वदायी एआई कम्पनीले शुक्रबार स्वदेशी अनलाइन लर्निङ प्लेटफर्म फ्युज क्लासरूम सार्वजनिक गरेको छ ।

यो क्लासले कलेज र विश्वविद्यालय तहसम्मलाई अध्ययन अध्यापन तथा पाठ्यक्रमको पूर्ण सोलुसन दिने छ । फ्युज मेसिनले तयार पारेको एआई (आर्टिफिसियल इन्टेलिजेन्ट अर्थात कृतिम वौद्धिकता) प्रविधिमा आधारित वेब तथा मोबाइल एपले परम्परागत अध्यापनको शैलीलाई अत्याधुनिक युगमा पुर्‍याउने विश्वास लिइएको छ ।  

फ्युज मसिन समग्र शैक्षिक क्षेत्रमा प्राविधिक क्रान्ति ल्याउन सक्रिय छ । अन्य अनलाइन स्टडी प्लेटफर्महरुभन्दा यो नितान्त फरक छ । यसले विद्यार्थीहरुलाई अनलाइन लर्निङ अनुभव मात्र नभएर प्रोग्रेस मनिटर गर्ने, प्रश्नोत्तर, कोर्ष सहयोगीको रुपमा स्मार्ट तरिकाले विद्यार्थीलाई उपयुक्त सल्लाह सुझाव पनि दिने गर्छ ।

यस अलावा फ्युज क्लासले क्लासरूम बाहेक शैक्षिक संस्थाको प्रशासकीय र फ्याकेल्टीका कामहरु, शैक्षिक परामर्श, समुदाय निर्माण तथा एलुमिनी फिचर पनि उपलब्ध गराउँछ । 

फ्युज क्लासका सोल्युसन प्याकेजमा के छ ?

१.फ्युज क्लासरूम 

फ्युज मेसिनले नेपाल बाेहक विश्वका विभिन्न विकसित मुलुकहरुका कलेज तथा विश्वविद्यालयहरुको पाठ्यक्रमलाई अनलाइनमा राखेको छ ।

फ्युज क्लास रूम । ग्राफिक्सः फ्युज मेसिन

कम्पनीले परम्परागत कक्षाकोठामा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु तथा अनलाइन प्लेटफर्ममा विद्यालय सञ्चालन गर्न आवश्यक सफ्टवेयर पनि उपलब्ध गराउँदै आएको छ । फ्युज क्लासरूमले एउटा एआईमा आधारित असल वान स्टप शैक्षिक अनुभव प्रदान गर्नेछ ।

२. फ्युज एडमिसन 

सामान्यतया विद्यालय प्रशासनसँग अनलाइन लर्निङ प्लेटफर्मको भिन्दै एडमिसन तथा भर्नाको जानकारी हुँदैन । तर फ्युज क्लासरूमले यसलाई पनि सजिलो बनाएको छ ।

फ्युज एड्मिसन । ग्राफिक्सः फ्युज मेसिन

यहाँ विद्यार्थीहरुको भर्ना आवेदनलाई प्रशासनले ट्रयाक गरी प्रवेश परीक्षा लिने, विद्यार्थीको भर्ना गराउने तथा सबै बिल तथा इन्भ्वाइसहरु एकैठाउँमा पठाउने काम गर्छ । फ्युज क्लासरूमले अब विद्यालय एड्मिसनदेखि कोर्षका सामग्री सबै आफैले विद्यालयको लागि व्यवस्था गरिदिनेछ ।

३. फ्युज लाइभ क्लास 

फ्युज लाइभ क्लास । ग्राफिक्सः फ्युज मेसिन

इन्सट्रक्चरले यो प्लेटफर्ममा क्लास होस्ट गर्न र लाइभ रेकर्ड गर्न सक्छन् । विद्यार्थीहरुका लागि अर्थपूर्ण सिकाइलाई सहजीकरण गर्न अनलाइन लाइभ फिचरको साथमा अन्य एड अन पनि राखिएका छन् ।

एड अनमा ह्वाइट बोर्ड फिचर, छुट्टै अनलाइन कक्षा कोठा, ग्रुप डिस्कसन र च्याटको सुविधा पनि यसमा छ । 

४. फ्युज कोर्स कोअर्डिनेटर

फ्युज कोर्ष कोअर्डिनेटर । ग्राफिक्सः फ्युज मेसिन

फ्युज क्लासका कोर्ष कोअर्डिनेटरले कोर्ष एन्डमिनिस्ट्रेसन, नयाँ कोर्षहरु तयार गर्ने, इन्स्ट्रक्चरहरु तथा अन्य उपयोगी सामाग्रीहरु खोजी गर्ने काम समेत गर्छ ।

५. फ्युज इन्स्ट्रक्चर

फ्युज इन्स्ट्रक्चर । ग्राफिक्सः फ्युज मेसिन

फ्युजका इन्स्ट्रक्चरले विद्यार्थीहरुसँग सम्पर्क गर्न, क्विज तथा टेस्टहरु सञ्चालन गर्न फ्याकेल्टी इनेबलको काम गर्न सक्छन् ।

६. फ्युज टीए 

फ्युज टीए । ग्राफिक्सः फ्युज मेसिन

फ्युज टीएले टिचिङ असिस्टेन्टको रुपमा सहयोग गर्छ । विद्यार्थीहहरुलाई असाइनमेन्ट र अन्य कोर्षका सामग्रीहरु सहयोग उपलब्ध गराउँछ ।

७. फ्युज काउन्सलर

फ्युज काउन्सलर । ग्राफिक्सः फ्युज मेसिन

फ्युज काउन्सलरले विद्यार्थीहरुको मानसिक स्वास्थ्य र कोर्षको प्रगतिलाई ट्रयाक गर्ने काम गर्नुका साथै दिशानिर्देश गर्ने काम पनि गर्छ । 

८. फ्युज प्रोग्रेस ट्रयाकिङ 

फ्युज प्रोग्रेस टेकिङ । ग्राफिक्सः फ्युज मेसिन

कुनै पनि विद्यालय तथा क्याम्पससँग आफ्ना विद्यार्थीको प्रत्येक क्षणको शैक्षिक प्रगतिको अवस्थाबारे जानकारी हुँदैन । यसो हुन सकेको अवस्थामा शैक्षिक प्रगति पनि तिब्र गतिमा अगाडि बढ्छ ।

फ्युज क्लासको प्रोग्रेस ट्रयाकिङले विद्यार्थीहरुले हेर्ने भिडियो, उनीहरुले पुरा गरेको क्विज, उनीहरुले गरिरहेको असाइनमेन्ट र अन्य मूख्य मेट्रिक्सहरुलाई ट्रयाकिङ गर्छ ।

९. मोबाइल एप

मोबाइल एप । ग्राफिक्सः फ्युज मेसिन

फ्युज मेसिनको मोबाइल एपले यसका सम्पूर्ण सोलुसनहरुमा पहुँच दिन्छ । यो एप विद्यार्थी तथा अन्य सबै सरोकारवालाहरुले प्रयोग गर्नसक्छन् ।

थप एआई फिचरहरु 

फ्युज क्लासरूममा रहेको एआई प्रविधिले विद्यार्थीहरुको पढाईमा सहयोग गर्ने किसिमका भिडियो , गेम तथा क्रियाकलाप सिफारिस गर्छ । साथै आफ्नो कोर्षमा कसरी प्रगति गर्न सकिन्छ भनेर थप शैक्षिक सामग्रीहरु समेत यसले सुझाउने गर्छ । 

Additional features

फ्युजको क्लास लिने विद्यार्थीहरुले कसरी अन्य औषत विद्यार्थीभन्दा धेरै प्रगति गर्दैछन् भन्ने कुरा भिजुअल इन्डिकेटरबाट देखाउँछ ।

विद्यार्थी आफ्नो पढाइमा केन्द्रीत छ कि बाहिर भड्किएको छ भनेर थाहा पाउन यसले पर्सनलाइज्ड नोटिफिकेसन पठाउँछ । एकअर्कासँग अन्तरक्रिया गर्न विद्यार्थी र फ्याकेल्टीलाई डिस्कसन फोरमहरु पनि जुटाउने काम यसले गर्न सक्छ । 

फ्युज क्लासरूमको डेमो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३