काठमाडौं । वित्तीय क्षेत्रको सफ्टवेयर निर्माणमा नामी इन्फोडेभलर्पस प्रालिले सहकारी संस्थाको खाताबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु गरेको छ । कम्पनीले सहकारीका सदस्यले आफ्नो खाताको रकम नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम ट्रान्सफर गर्न सक्ने गरी ‘एमडबली मोबाइल बैंकिङ’ सेवा सार्वजनिक गरेको हो ।
सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई आइतबार (वैशाख १४)
गतेबाट सेवा दिन सकिने गरी एमडबली मोबाइल बैंकिङ सेवा सुरु गरिएको कम्पनीका प्रवक्ता सुरेश कंशाकारले जानकारी दिए । सहकारी संस्थाले यस्तो सेवा सुरु गरेपछि सदस्यहरुले जुनसुकै वाणीज्य
बैंक, विकास बैंक र फाइनान्स कम्पनीका खातामा रकम ट्रान्सफर गर्न सकिने उनको भनाई छ ।
‘एपबाट
बैंकमा रकम ट्रान्सफरका साथै डिजिटल वालेटमा पनि सिधै रकम लोड गर्न सकिन्छ,’ कंशाकारले भने, ‘हाल ईसेवा वालेटमा रकम लोड गर्न मिल्ने भइसकेको छ र आगामी दिनमा अन्य कम्पनीका वालेटमा पनि रकम लोड गर्न सकिने गरी काम भइरहेको छ ।’ हाल इन्फोडेभरर्पसमा झण्डै एक हजार
सहकारी संस्था आवद्ध रहेका छन्
। कम्पनीले मोबाईल बैंकिङ, एटीएम,
ईबैंकिङ ट्याब्लेट
बैंकिङ सेवा समेत सुरु गरिसकेको छ
।
नेचर बचत तथा ऋण सहकारी संस्थाका सीईओ विकल्प पाठकले इन्फोडेभलपर्सद्वारा विकसित यो सेवा सहकारी क्षेत्रमा एक नयाँ प्रयोग हुने भन्दै आफ्ना सदस्यहरूले त्यसलाई व्यापक स्तरमा प्रयोग गर्नेमा विश्वाश व्यक्त गरे ।