close

करीब ४९ अर्बमा चर्चित जीआईएफ कम्पनी खरीद गर्दै फेसबुक

टेकपाना टेकपाना

जेठ ३, २०७७ १०:३

करीब ४९ अर्बमा चर्चित जीआईएफ कम्पनी खरीद गर्दै फेसबुक

काठमाडौं । फेसबुकले वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इञ्जिन तथा प्लेटफर्म प्रदायक गिफीलाई अधिग्रहण गर्ने भएको छ । एक्सिएसको रिपोर्ट अनुसार फेसबुकले उक्त कम्पनीलाई ४०० मिलियन डलर अर्थात ४८ अर्ब २४ करोड रुपैयाँमा खरीद गर्ने भएको हो ।

तर फेसबुकले भने यो खरीद सम्बन्धी डिल सार्वजनिक नगर्ने विषय  सम्झौताको शर्तको रुपमा रहेको बताएको छ । गिफी सेयर गर्न मिल्ने र धेरै इंगेज्मेन्ट युक्त कन्टेन्ट उत्पादक कम्पनी हो । जसका एनिमेटेड गिफ फेसबुकमा समेत शेयर हुँदै आएका छन् । 

सबैभन्दा उल्लेखनीय कुरा के छ भने, गिफीले फेसबुकको इन्स्टाग्रामका लागि ब्युल्ट ईन स्टिकर सर्च फंसनको उपलब्ध गराउँदै आएको छ । अब भने गिफी अतिरीक्त इन्टिग्रेसनका साथ फेसबुकका अन्य एपहरुमा समेत उपलब्ध हुनेछ ।

साथै फेसबुले गिफिकै ब्राण्डमा बाहिरी डेभलपरका लागि सञ्चालनलाई निरन्तरता दिनेछ । फेसबुकले गिफीको प्रविधि विकासमा थप लगानी गर्ने जनाएको छ । यसका साथै कन्टेन्ट र डेभलपरको क्षेत्रमा समेत नयाँ सम्बन्धहरु विस्तार गर्नेछ ।

कम्पनीले यस अघि गिफीमा आउने ५० प्रतिशत ट्राफिक इन्स्टाग्राम, म्यासेञ्जर र फेसबुक लगायतका फेसबुक कम्पनीकै एपबाट आउने गरेको बताएको छ ।  सुरुवाती समयमा जीआईएफ फाइल सर्च इन्जिनको रुपमा गिफी सन् २०१३ मा स्थापना भएको थियो ।

वेबसाइटले आफ्ना प्रमुख उत्पादन विस्तारको रुपमा फेसबुकको माध्यमबाट सेयर गर्ने गरी अनुमति दिएको थियो । पछि यसले आफ्नो स्थापना दिवसको अवसरमा दोस्रो इन्टिग्रेसनको रुपमा ट्विटर थप गरेको थियो ।

क्रन्चबेसको तथ्याङ्क अनुसार गिफीका लागि डएफजे ग्रोथ, लाइटस्पीड, बेटावर्क, जीभी, लेरार हिप्यु लगायतका यसका संस्थापकहरुले पाँच चरणमा गरेर गरेर कम्पनीका लागि १५०.९ मिलियन डलर जुटाएका थिए ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३