close

इन्टरनेट स्पीडमा अहिलेसम्मकै ठूलो सफलता, १ सेकेन्डमै हजार फिल्म डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

जेठ ९, २०७७ १६:३३

इन्टरनेट स्पीडमा अहिलेसम्मकै ठूलो सफलता, १ सेकेन्डमै हजार फिल्म डाउनलोड गर्न सकिने

काठमाडौं । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले ४४.२ टेराबाइट प्रति सेकेण्डको इन्टरनेट स्पीड पत्ता लगाएर विश्व रेकर्ड कायम गरेका छन् । यो स्पीडबाट प्रयोगकर्ताले एक सेकेण्डै एक हजार वटा एचडी फिल्महरु  डाउनलोड गर्नसक्छन् ।

मोनास, स्विनबर्न र आरएमआईटी विश्वविद्यालयहरुको एक संयुक्त टोलीले मेलबर्नमा रहेका सबै सञ्चार पूर्वाधारमा डेटा ट्रान्सफर गर्न  ‘माइक्रो कम्ब’ अप्टिकल चिप प्रयोग गरेका छन् । जसभित्र सयाैं इन्फ्रारेड लेजरहरु छन् ।

अहिले विश्वकै सबैभन्दा उच्च गतिको व्यवसायिक इन्टरनेट स्पीड सिंगापुरमा छ । जहाँ औषत डाउनलोड स्पीड १९७.३ एमबी प्रति सेकेण्ड रहेको छ । 

यसअघि अष्ट्रेलियामा औषत डाउनलोड स्पीड ४३.४ एमबीपीएस थियो । जुन अहिले परीक्षणबाट पाइएको स्पीडभन्दा १० लाख गुणा स्लो थियो । 

मोनास विश्वविद्यालयका डा. बिल कोर्कोरानले यस्तो स्पीडलाई व्यवसायिक बजारमा लान विश्व प्रतिस्पर्धा जारी रहेको बताएका छन् ।

साथै उनले हाल आफूहरुले प्रयोग गरिरहेको जस्तो उपकरणहरु दुई तीन वर्षमा अन्य रिसर्च ल्याबमा र अबको करिब पाँच वर्षपछि व्यवसायिक प्रयोगका लागि बजारमा पुग्ने बताए  ।

कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले पछिल्ला केही महिनामा इन्टरनेट पूर्वाधारको विकासमा उल्लेखनीय बल पुर्‍याएको छ । 

गत मार्चमा अन्तर्राष्ट्रिय ब्याण्डविथ खपतमा मितव्ययिता अपनाउन आह्वान गर्दै युट्युव तथा नेटफ्लिक्स जस्ता लाइभ स्ट्रिमिङ प्लेटफर्महरुले आफ्नो भिडियो क्वालिटी घटाएका थिए । तर अब माइक्रो कम्ब डिभाइसले यो समस्याको समाधान गर्ने अनुसन्धानकर्ताहरु बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३