close

मोबाइल बैंकिङ सेवा लिनुभएको छैन ? अनलाइनबाटै एक्टिभ गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १५, २०७७ १५:३१

मोबाइल बैंकिङ सेवा लिनुभएको छैन ? अनलाइनबाटै एक्टिभ गर्न यसो गर्नुहोस्

काठमाडौं । अब अनलाइनबाटै मोबाइल बैंकिङ एक्टिभ (सक्रिय) गराउन सकिने भएको छ । जुनसुकै बैंकमा खाता रहेका सेवाग्राहीले अनलाइनबाटै बैंकिङ कारोबार गर्न सकिने गरी मोबाइल बैंकिङ सेवा लिन सक्ने भएका हुन् । 

फोन पे नेटवर्कसँगको सहकार्यमा प्रायः सबैजसो बैंकले अनलाइनबाट मोबाइल बैंकिङ सेवा एक्टिभ गराउन सक्ने व्यवस्था मिलाइएका छन् । यस अघि मोबाइल बैंकिङ सेवा लिन सम्बन्धित बैंकमै गएर फारम भर्नुपर्ने बाध्यता रहेको थियो ।

मोबाइल बैंकिङबाट मोबाइल रिचार्ज, रकम ट्रान्सफर, ब्यालेन्स थाहा पाउन, आफ्नो स्टेटमेन्ट हेर्न, अन्य वालेटमा रकम लोड गरी विभिन्न सेवाको भुक्तानी गर्न समेत सक्नुहुन्छ । आज हामी तपाईंलाई घरबाटै मोबाइल बैंकिङ सेवा कसरी लिने भन्ने विषयमा बताउँदै छौं । 

अनलाइन बैंकिङ सेवा लिने तरिका

  • आफ्नो खाता रहेको बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नुहोस् । 
  • एप इन्स्टल गरिसकेपछि त्यहाँ रहेको सेल्फ रिजस्ट्रेसन, प्रोब्लेम लगईन वा लगईन अप्सनमा क्लिक गर्नुहोस् । 
  • अब त्यहाँ मागिएको अनुसार आफ्नो अकाउण्ट नम्बर, एटीएम कार्ड नम्बर, र फोन नम्बर राखेर अगाडि बढ्नुहोस् । यति भए पछि तपाईंको अनुरोध सम्बन्धित बैंकमा पुग्छ ।
  • बैंकमा खाता नम्बर र राखेको मोबाइल नम्बर भेरिफाइ भएपछि बैंकले तपाईंलाई एसएमएसको रुपमा ओटीपी एक्टिभेसन कोड पठाउनेछ । 
  • प्राप्त कोड एपमा राखेपछि तपाईंको मोबाइल बैंकिङ एक्टिभेट गर्न लगईन पासवर्ड राख्नुहोस् र डन गर्नुहोस् । 
  • यति गरेपछि तपाईंको मोबाइल बैंकिङ सेवा एक्टिभ हुन्छ । 

अनलाइन बैंकिङ एप डाउनलोड गर्न सम्बन्धित बैंकको पछाडि रहेको आईओएस तथा एन्ड्रोइडमा क्लिक गर्नुहोस् 

  1. नेपाल बैंक लिमिटेड आईओएस एन्ड्रोइड
  2. कृषि विकास बैंक आईओएस एन्ड्रोइड
  3. नविल बैंक   आईओएस एन्ड्रोइड
  4. नेपाल इन्भेस्टमेन्ट बैंक आईओएस एन्ड्रोइड
  5. स्ट्याण्डर्ड चार्टर्ड बैंक आईओएस एन्ड्रोइड
  6. हिमालयन बैंक आईओएस एन्ड्रोइड
  7. नेपाल एसबीआई बैंक आईओएस एन्ड्रोइड
  8. नेपाल बंग्लादेश बैंक आईओएस एन्ड्रोइड
  9. एभरेष्ट बैंक आईओएस एन्ड्रोइड
  10. कुमारी बैंक आई‌ओएस एन्ड्रोइड
  11. लक्ष्मी बैंक आई‌‌ओएस एन्ड्रोइड
  12. सिटिजन्स बैंक आई‌ओएस एन्ड्रोइड
  13. प्राइम कमर्शियल ‌बैंक आईओएस एन्ड्रोइड
  14. सनराइज बैंक आईओएस एन्ड्रोइड
  15. सेञ्चुरी बैंक आईओएस एन्ड्रोइड
  16. सानिमा बैंक आईओएस एन्ड्रोइड
  17. माछापुच्छ्रे बैंक आईओएस एन्ड्रोइड
  18. एनआईसी एसिया आईओएस एन्ड्रोइड
  19. ग्लोबल आईएमई बैंक आईओएस एन्ड्रोइड
  20. एनएमबी बैंक आईओएस एन्ड्रोइड
  21. प्रभु बैंक आईओएस एन्ड्रोइड
  22. शिद्धार्थ बैंक आईओएस एन्ड्रोइड
  23. बैंक अफ काठमाडौं आईओएस एन्ड्रोइड
  24. सिभिल बैंक आईओएस एन्ड्रोइड
  25. नेपाल क्रेडिट एण्ड कमर्स बैंक आईओएस एन्ड्रोइड
  26. राष्ट्रिय बाणीज्य बैंक आईओएस एन्ड्रोइड
  27. मेगा बैंक आईओएस एन्ड्रोइड
  28. देव विकास बैंक एन्ड्रोइड
  29. गण्डकी विकास बैंक आईओएस एन्ड्रोइड
  30. गरिमा विकास बैंक आईओएस एन्ड्रोइड
  31. ज्योती विकास बैंक आईओएस एन्ड्रोइड
  32. कामना सेवा विकास बैंक आईओएस एन्ड्रोइड
  33. महालक्ष्मी विकास बैंक आईओएस एन्ड्रोइड
  34. मुक्तिनाथ विकास बैंक आईओएस एन्ड्रोइड
  35. सांग्रिला विकास बैंक आईओएस एन्ड्रोइड
  36. साइन रेसुंगा विकास बैंक आईओएस एन्ड्रोइड
  37. लुम्बिनी विकास बैंक आईओएस एन्ड्रोइड
  38. सप्तकोशी विकास बैंक आईओएस एन्ड्रोइड
  39. एक्सेल विकास बैंक आईओएस ए्ड्रोइड
  40. ग्रीन विकास बैंक आईओएस एड्रोइड
  41. कञ्चन विकास बैंकआईओएस एन्ड्रोइड
  42. कर्णाली विकास बैंक आईओएस एन्ड्रोइड
  43. मितेरी विकास बैंक आईओएस एन्ड्रोइड
  44. सहयोगी विकास बैंक एन्ड्रोइड
  45. सिन्धु विकास बैंक आईओएस एन्ड्रोइड
  46. तिनाउ मिसन विकास बैंक आईओएस एन्ड्रोइड
  47. सहारा विकास बैंक आईओएस एन्ड्रोइड

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१