close

गूगलमाथि प्राइभेट मोडमा समेत प्रयोगकर्तालाई ट्र‍याक गरेको आरोप, ६ खर्ब जरिवाना हुनसक्ने

टेकपाना टेकपाना

जेठ २२, २०७७ ११:२६

गूगलमाथि प्राइभेट मोडमा समेत प्रयोगकर्तालाई ट्र‍याक गरेको आरोप, ६ खर्ब जरिवाना हुनसक्ने

काठमाडौं । विश्व विख्यात प्रविधि कम्पनी कम्पनी गूगललाई प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा संकलन गरेको आरोपमा ५ अर्ब अमेरिकी डलर अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी जरिवाना हुनसक्ने देखिएको छ । गूगलले प्राइभेट मोडमार्फत समेत प्रयोगकर्ताको जानकारी संकलन गर्दै आएको आरोपमा मंगलबार अमेरिकाकाे जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

गूगलको प्यारेन्ट कम्पनी अल्फावेट विरुद्ध दायर भएको उक्त मुद्दामा गूगललाई कम्तीमा पनि ५ अर्ब अमेरिकी डलर जरिवाना हुन सक्ने जनाइएको छ । गूगलले इनकग्निटो मोड अर्थात प्राइभेट मोडमार्फत समेत प्रयोगकर्ताको इन्टरनेट गतिविधिलाई ट्रयाक गरेको आरोप लागेको छ ।

गूगलले प्राइभेट मोडको रुपमा दाबी गर्दै आएको इन्कग्निटो मोडमा रहेर इन्टरनेट प्रयोग गर्दा समेत प्रयोगकर्ताले अनलाइनमा के गर्छन, के हेर्छन् लगायतका सम्पूर्ण जानकारी संकलन गरिरहेको बताइएको छ । यदि उक्त आरोप पुष्टी भएमा गूगललाई पाँच अर्ब अमेरिकी डलर जरिवाना हुनेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१