close

ललितपुरका गाउँपालिका, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड विस्तार गरिने

टेकपाना टेकपाना

असार १, २०७७ १३:५१

ललितपुरका गाउँपालिका, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड विस्तार गरिने

काठमाडौं । सरकारले ललितपुर जिल्लाका गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षका लागि तय गरेको वार्षिक कार्यक्रम अन्तर्गत सेवा नपुगेका स्थानमा तीब्र गतिको इन्टरनेट पुर्‍याइने भएको हो ।

भर्खरै प्राधिकरण बोर्डबाट पारित वार्षिक कार्यक्रम अन्तर्गतको परियोजनाको रुपमा इन्टरनेट विस्तार गर्ने कार्यमा ग्रामीण दूरसञ्चार विकास कोष परिचाल गरिनेछ । जसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

योजनाअनुरुप राष्ट्रय योजना आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि सहितको टोलीले ललितपुरमा इन्टरनेट विस्तारको कार्य गर्ने बताइएको छ ।

यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०