close

एक अर्ब खर्चेर इन्टरनेटका सामग्री ब्लक गर्ने सिस्टम खरिद गर्दै सरकार

टेकपाना टेकपाना

असार १, २०७७ १६:१५

एक अर्ब खर्चेर इन्टरनेटका सामग्री ब्लक गर्ने सिस्टम खरिद गर्दै सरकार

काठमाडौं । सरकारले इन्टरनेटमा आउने सामग्री ब्लक गर्ने सिस्टम राख्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक अर्ब रुपैयाँ खर्चेर स्वचालित कन्टेन्ट फिल्टरिङ तथा यूआरएल ब्लकिङका लागि इन्टिग्रेटेड सिस्टम (एकीकृत प्रणाली) खरीद गर्ने भएको हो ।

प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले भर्खरै पारित गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा इन्टरनेटका सामग्री ब्लक गर्ने सिस्टमलाई उच्च प्राथमिकतामा राखिएको छ । योजनाअनुसार आगामी कार्तिक मसान्तसम्ममा टेण्डर प्रतिवेदन तयार पारी आपूर्तिकर्ता छनौट गरी सम्झौता समेत गरिसक्ने बताइएको छ ।

यसैगरी फागुन मसान्तसम्ममा यस्तो सिस्टम डिप्लोयमेन्ट अर्थात जडान सम्पन्न गरी कार्यान्वयनमा ल्याइने छ । नियामकले आफ्नै नियम तथा नेपाल सरकारको निर्देशनमा इन्टरनेटका कन्टेन्ट अर्थात सामग्री फिल्टर एवम् ब्लक गर्ने जनाएको छ ।

यो परियोजना कार्यान्वयनको जिम्मा प्राधिकरणको फ्रक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखालाई दिइएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०