close

ब्राजिलबाट सुरु भयो फेसबुक पे, ह्वाट्सएपबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असार १, २०७७ १९:५४

ब्राजिलबाट सुरु भयो फेसबुक पे, ह्वाट्सएपबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । फेसबुक कम्पनीले डिलिटल भुक्तानी गेट-वेको रुपमा ब्राजिलमा फेसबुक पे सार्वजनिक गरेको छ । ब्राजिल ह्वाट्सएपबाट भुक्तानी सुरु गर्ने पहिलो मुलुक भएको फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्ट मार्फत जानकारी दिएका छन् । 

ह्वाट्सएप प्रयोगकर्ताहरु ह्वाट्सएप बाटै भुक्तानी गर्नसक्नेछन् । ह्वाट्सएपबाट साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यका साथ फेसबुकले भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । 

अब ह्वाट्सएप मार्फत फोटो तथा भिडियो शेयर गरे झै पैसा पनि आदान प्रदान गर्न सकिने जुकरबर्गले उल्लेख गरेका छन् ।

कम्पनीले फेसबुक पेलाई आफ्ना सम्पूर्ण एपका लागि सुरक्षित र भरपर्दो भुक्तानी सेवाको रुपमा प्रयोगमा ल्याउने योजना बनाएको छ । यसका लागि अहिले कम्पनीले स्थानीय बैंकहरु बैंको डो ब्रासिल, नु बैंक, सिक्रिडी र सिइलोसँग सहकार्य गरेको हो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०