close

अब अनिवार्य रुपमा प्रयोगकर्तालाई इन्टरनेट स्पीडको जानकारी दिनुपर्ने

टेकपाना टेकपाना

असार ३, २०७७ १८:३९

अब अनिवार्य रुपमा प्रयोगकर्तालाई इन्टरनेट स्पीडको जानकारी दिनुपर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा जानकारी दिनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार उपभोक्तालाई अनिवार्य रुपमा व्याण्डविथको विषयमा जानकारी उपलब्ध गराउन सेवाप्रदायकलाई निर्देशन जारी गरेको हो ।

पछिल्लो समय इन्टरनेट स्पीडको विषयमा प्रयोगकर्ताबाट धेरै गुनासो आउन थालेसँगै प्राधिकरणले यस्तो कदम उठाएको हो । ‘सेवा प्रदायकले ग्राहकसँग गरेको सम्झौता अनुसार कुन कुन समयमा कति इन्टरनेट ब्याण्डविथ प्राप्त भइरहेको छ भन्ने विषयमा सेवाग्राहीले सजिलै बुझ्ने गरी तथा आफैले हेर्न सक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ,’ नियामकले जारी गरेको निर्देशनमा भनिएको छ ।

यसकाे अर्थ अब प्रयोगकर्ताले तोकिए बमोजिम आफूलाई इन्टरनेट प्राप्त भइरहेको छ वा छैन भन्ने विषयमा थाहा पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१