close

एनसेलले ल्यायो ‘ननस्टप युट्युव’ अफर, साथमा फेसबुक र टिकटक प्याक

टेकपाना टेकपाना

असार २३, २०७७ २०:२६

एनसेलले ल्यायो ‘ननस्टप युट्युव’ अफर, साथमा फेसबुक र टिकटक प्याक

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना सबै फोरजी ग्राहकहरुका लागि आकर्षक ‘ननस्टप युट्युव’ अफर सार्वजनिक गरेको छ । युट्युवमा भिडियो सामग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र महंगो पर्ने चिन्ताबाट आफ्ना प्रयोगकर्तालाई मुक्त गर्न कम्पनीले यस्तो अफर ल्याएको हो । 

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युव अफरमा एनसेलका प्रयोगकर्ताले एक सय रुपैयाँमै (कर सहित मात्र रु १२७.६९) मा एक साताभरका लागि निर्धक्क ४८० पी क्वालिटीमा युट्युव भिडियो सामग्रीको आनन्द लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जीबी अल टाइम अल नेटवर्क डेटा समेत पाउनेछन् । 

यो अफर सेवा सुरु गरेको सात दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकका लागि सुलभ दरमा छुट्टाछुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् । 

ग्राहकले ननस्टप युट्युव प्याक सुचारु गरेपछि हरेक दिन पाँच सय एमबीको दरले ७ दिनसम्म केवल २० रुपैयाँमा (कर सहित मात्र २५.५३) ३५०० एमबी थप डेटा लिन सक्नेछन् । उक्त डेटा फेसबुक चलाउन प्रयोग गर्न सकिनेछ । त्यति नै शूल्कमा टिकटक चलाउन चाहने ग्राहकले समेत हरेक दिन ५०० एमबिको दरले ७ दिनसम्म  कूल ३५०० एमबी थप डेटा पाउने छन् ।

आफ्नो आवश्यकताअनुसार एनसेलका प्रयोगकर्ताले फेसबुक र टिकटक दुवैका लागि समेत डेटा लिन पाउनेछन् । एनसेलका फोरजी ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३