close

तपाईंको सिमकार्ड कसको नाममा दर्ता छ ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

असार २७, २०७७ १३:४१

तपाईंको सिमकार्ड कसको नाममा दर्ता छ ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ ।

यसरी सिमकार्डसँग राष्ट्रिपत्र जोडिने भएसँगै प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था गर्दै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको छ ।

यस्तोमा टेलिकमले अरुको नाममा रहेका तथा दुईभन्दा बढी सिमकार्ड रहेका ग्राहको पहिचान गरी सचेत गराउन थालेको छ । त्यतिमात्र नभएर सिमकार्ड व्यक्तिको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले यसलाई सुरक्षाको हिसाबले पनि हेर्न थालिएको छ ।

त्यसैले प्राधिकरणले विभिन्न समयमा सूचना जारी गर्दै सिमकार्ड आफ्नै नाममा दर्ता गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सेवा प्रदायकले पनि यसबारे आफ्ना प्रयोगकर्तालाई सजग गराउँदै आएका छन् ।

केहि दिन अघि प्राधिकरणले सिम बिक्री गर्दा ग्राहकहरुको नागरिकता वा आधिकारिक परिचय खुल्ने कागजात राखेर मात्र सिम बिक्री गर्नुपर्ने र एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी निर्देशन दिएको छ ।

यसैक्रममा नेपाल टेलिकमले अनस्टक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिने व्यवस्था मिलाएको छ ।

टेलिकमले यसअघि म्यासेज पठाएर आफूले प्रयोग गरिरहेको सिमबारे जानकारी लिन सक्ने व्यवस्था मिलाएको थियो । अब भने प्रयोगकर्ताको थप सहजताको लागि यूएसएसडी मार्फत समेत त्यस्तो सुविधा दिन थालिएको हो ।

यसको लागि टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३