close

यसरी पिन गर्नुहोस् इन्स्टाग्रामको कमेन्ट

टेकपाना टेकपाना

असार २८, २०७७ १७:४९

यसरी पिन गर्नुहोस् इन्स्टाग्रामको कमेन्ट

काठमाडौं । इन्स्टाग्रामले पिन कमेन्ट फिचर रोलआउट गरेको छ । यसले जुनसुकै पोस्टको तीनवटा कमेन्टलाई माथि पिन गरेर राख्न दिनेछ । यो फिचरले पोस्टमा आउने प्रतिक्रियाहरुको टोनलाई नियन्त्रण गर्न, साथै नकरात्मक कमेन्टहरुलाई मत्थर पार्न सहयोग गर्ने कम्पनीको अपेक्षा छ ।

इन्स्टाग्रामले पहिलोपटक जुलाई ७ मा उक्त फिचर सार्वजिनक गरेको थियो । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरुले सबैभन्दा पहिले आफ्नो इन्स्टाग्राम एपलाई गूगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर अपडेट गर्नुपर्नेछ ।  

 पिन गर्न चाहेको कमेन्टलाई दायाँदेखि बायाँतर्फ सामान्य किसिमले स्वाइप गरेर तपाईंले कमेन्ट पिन गर्न सक्नुहुनेछ ।  जब तपाईं यसरी स्वाइप गर्नुहुन्छ, तब कमेन्टमा रिप्लाई दिने, रिपोर्ट गर्ने वा डिलिट गर्ने भनेर अप्सन देख्नुहुनेछ ।

अहिले आएको नयाँ पिन आइकनले पनि यो सूचीलाई पपुलेट गर्दछ । कुनै पनि कमेन्टमा प्रेस गरे पछि त्यो आफै पिन हुन्छ । गत मे महिनामा साइबर बुलिङलाई रोक्न इन्स्टाग्रामले कमेन्ट पिन गर्ने फिचर परीक्षण गर्न सुरु गरेको थियो ।

यस्तै अब इन्स्टाग्रामका प्रयोगकर्ताले एकैपटक २५ वटासम्म कमेन्टलाई डिलिट गर्न सक्छन् । साथै प्रयोगकर्ताले एकैपटक धेरै अकाउन्ट ब्लक वा रेस्ट्रिक्सट समेत गर्न सक्ने छन् । यसैबीच इन्स्टाग्रामले भारतमा नयाँ सर्ट भिडियो शेयरिङ फिचर रिल्सलाई सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३